‘अविस्वासको प्रस्तावको सामना गर्दै विस्वासको मत लिन्छु’–मुख्यमन्त्री पौडेल
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अविस्वास प्रस्तावको सामना गर्न आफू तयार रहेको वताउनुभएको छ । जनपत्र डटकमसंगको कुराकानीका क्रममा मुख्यमन्त्री पौडेलले अविस्वासको प्रस्तावको सामना गर्दै विस्वासको मत लिएर अगाडी वढ्ने वताउनुभयो । आफ्नो पक्षमा बहुमत पुर्याउन तयार रहेको वताउँदै उहाँले भन्नुभयो–‘अविस्वासको प्रस्तावको फेस गर्न म तयार छु ।’
मुख्यमन्त्री पौडेलका विरुद्धमा माधबकुमार नेपाल र पुप्पकमल दाहाल प्रचण्ड पक्षको नेकपाले बागमती प्रदेशसभामा अविस्वासको प्रस्ताव दर्ता गरेपछी प्रतिक्रिया दिदै उहाँले संस्दीय व्यावस्थामा यस्ता काम भइरहने वताउनुभयो । संसदीय व्यावस्थामा यस्ता काम भइरहने वताउँदै मुख्यमन्त्री पौडेलले भन्नुभयो–‘विकास र समृद्धी नचाहने गठवन्धनबाट यस्ता काम भएको छ सामना गरेर अगाडी वढ्छु ।’ यो तीन वर्षको अवधिमा विकासका धेरै महत्वपुर्ण काम भएको र त्यसलाई देखेर अतालिनेहरुले अविस्वासको प्रस्ताब दर्ता गरेको वताउनुभयो ।







