कम्युनिष्टहरु जितेपछी बोल्न, हास्न र रुन समेत दिइएन–काग्रेश सभापति देउवा

जनपत्र
२९ मंसिर २०७७, सोमबार १५:३२

हेटौंडा । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफुहरुले बाध्य भएर सडक आन्दोलन गरेको वताउनुभएको छ । नेपाली काँग्रेस मकवानपुरले आज हेटौंडाको बुद्धचोकमा आयोजना गरेको सरकार विरोधी प्रदर्शनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री तथा सभापति देउवाले सरकारले सर्वसत्तावाद लाद्न खोजेको बताउनुभयो ।

कम्युनिष्टहरु जितेपछी बोल्न, हास्न र रुन समेत नदिएको वताउनुभयो । अहिले कुनै समस्या परेर रोयो भने कम्युनिष्ट सरकारले जेल हाल्न सक्ने आरोप लगाउनु्भयो । कोरोनामा समेत यो सरकारले घुस खाएको आरोप लगाउनुभयो ।

यो सरकारको लाचारी कारण बलात्कार पीडितहरुलाई न्याय दिनका लागि अपराधीलाई पक्राउ नगरिएकोमा आपत्ती जनाउनुभयो । यो देशमा एकलौटी शासनले लेख्ने, बोल्न समेत रोक लगाइएको वताउनुभयो । निस्पक्ष न्यायपालिका अहिलेको आवस्यक्ता रहेको वताउनुभयो । कम्युनिष्ट सरकारकै कारण राजा आउ देश बचाउ भन्ने नारा लागेको वताउनुभयो ।
अहिले जनता काँग्रेससँग भएको स्पष्ट पार्दै सभापति देउवाले कोरोनाको समयमा सरकारले कुनै गतिलो काम गर्न नसकेको बताउनुभयो । भ्रष्टाचार रोक्न कुनै भूमिका नखेलेको देउवाको भनाइ थियो । सरकारका कारण गणतन्त्रप्रति जनताको विस्तृष्णा बढेको देउवाको भनाइ छ ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य विश्वप्रसाद शर्माले नेपाली काँग्रेसलाई नजिस्काउन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकारलाई चेतावनी दिएका दिनुभयो । आज बागमती प्रदेशको राजधानी हेटौंडामा सरकारविरुद्ध भएको प्रदर्शनमा उनले सो यस्तो बताउनुभयो ।

कोरोना महामारीको अवस्थामा सरकारले पीसीआर टेष्ट किन बढाएन, किन भेन्टिलेटरको व्यवस्था गरेन, किन आइसोलेशन र क्वारेन्टानइनको उचित व्यवस्था गरिएन भन्ने प्रश्न गर्न आफुहरु सडकमा उत्रिनु परेको बताउनुभयो ।
एमाले र माओवादीबीच सत्ताको लागि मात्रै एकता भएको शर्माको भनाइ थियो । अहिले जनताहरु कोरोना भाइरसको मारमा परिरहेका शर्माले बताउनुभयो ।

नेपाली काँग्रेस जेठो भएको स्मरण गराउँदै शर्माले जेठो दाइको घर भुकम्पले भत्कियो भन्दैमा अन्तरे जस्तरेहरु जेठो हुन नसक्ने बताउनुभयो । जनता मारमा भएको बताउँदै उनले मारमा परेको जनताले सरकार जिन्दावाद भनेर नारा लगाउन नसक्ने शर्माको भनाइ थियो ।

अस्पतालमा आमालाई भर्ना गर्न गएको छोरो आमाले उपचार नपाएपछि सरकार जिन्दावाद भन्न सक्दैन, यातायात व्यवसायीहरु, विदेशमा संकटमा रहेका नेपालीहरु कसैले पनि सरकार जिन्दावाद भन्न नसक्ने शर्माले बताउनुभयो । हरेक संकटको बेला नेपाली काँग्रेसले नेतृत्व गरेको स्मरण गराउँदै शर्माले अहिलेको संकटमा पनि काँग्रेसले नै नेतृत्व गर्ने बताउनुभयो । नेपाली काग्रेश मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*