चेम्बरले बारा-पर्सामा त्रिपाल, टेन्ट र खाद्यान्न वितरण गर्ने

जनपत्र
१९ चैत्र २०७५, मंगलवार १३:१६

काठमाडौं, चैत्र १८ – नेपाल चेम्बर अफ कमर्शले हावाहुरी पीडितलाई आवश्यक त्रिपाल, टेन्ट र खाद्यान्न उपलब्ध गराउने भएको छ। चेम्बरको सोमबार बसेको आकस्मिक बैंठकले उक्त निर्णय लिएको हो।
चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले तराईमा परेको विपत्तिप्रति दु:ख व्यक्त गर्दै तत्कालै राहत सामाग्री उपलब्ध गराउने निर्णय भएको बताए। उनका अनुसार आवश्यक राहत सामाग्री लिएर चेम्बर टोली मंगलबार नै बारा-पर्सा जानेछ। ‘हामीले जिल्लाका चेम्बरलाई समेत राहत वितरणका लागि खट्न आग्रह गरिसकेका छौं। केन्द्रबाट समेत राहत सामाग्री लिएर प्रभावित क्षेत्रमा टोली जानेछ।
यो विपत्तको समयमा निजी क्षेत्रबाट हामीले सक्दो सहयोग गर्नेछौं’ उनले भने । हामी तत्कालको बासका लागि आवश्यक त्रिपाल र टेन्ट जम्मा पार्न थालिसकेका छौं।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*