बिप्लव नेतृत्वको नेकपाद्वारा स्वतन्त्र घोषणा गर्ने नेता कार्यकर्तालाई कार्बाही
हेटौंडा । बिप्लव नेतृत्वको नेकपा माओबादी मकवानपुरले पार्टी परित्याग गरेर स्वतन्त्र घोषणा गर्ने नेता तथा कार्यकर्तालाई कार्बाही गरेको जनाएको छ । आज साँझ विज्ञप्ती जारी गर्दै पार्टी भित्र रहँदा पनि राम्रो काम नगर्ने र अहिले स्वतन्त्र घोषणा गर्नेलाई कार्बाही गरेको जनाएको छ । नेकपा मकवानपुरका जिल्ला इन्चार्ज जमिनले विज्ञप्तीजारी गर्दै उनीहरुलाई कार्बाहीको घोषणा गर्नुभयो ।







