बिरालोलाई अस्पतालले दियो ‘सेक्यूरिटी गार्ड’को जागिर
कोरोना भाइरसको संक्रमण अहिले सारा विवमा नै व्याप्त छ । यस महामारीका कारण करोडौँ मानिसहरु बेरोजगार भएका छन् । जसका कारण हरेक देशमा बेरोजगारी बढ्दै गएको छ । तर अष्ट्रेलियामा भने एक अनौठो घटना भएको छ । त्यहाँको इप वर्थ अस्पतालमा एक बिरालोलाई जागिर दिइएको छ ।
แมวที่ชอบมาเดินวนเวียนบริเวณโรงพยาบาลแห่งหนึ่งในเมลเบิร์น ออสเตรเลีย หนึ่งปีผ่านไปในที่สุดก็ได้งานสมใจ…เพราะทางโรงพยาบาลเห็นใจมอบตำแหน่งยามให้น้องแมวทำไปเรียบร้อยแล้ว เดินทั้งวันให้หนำใจ อย่าอู้งานหรือแอบหลับ
ขอบคุณภาพจาก: Epworth Hospital Melbourne, Australia/Chantel Trollip pic.twitter.com/YaeYpLL5Mv— Gratitude DNA (@GratitudeDNA) August 23, 2020
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बिरालोको नाम इलवुड रहेको छ । र अष्ट्रेलिया शहरको रिचमण्ड शहरमास्थित इपवर्थ अस्पतालले सिक्योरिटी गार्डको रुपमा बिरालोलाई जागिर दिएको हो । जो अहिले गेटमा सिक्योरिटीको काम गरिरहेको छ । उसलाई आईडी कार्ड समेत लगाईदिइएको छ ।
एजेन्सीको सहयोगमा







