रातभर मशान घाटमा राखेको शव विहान भयो जीवित !
रुसमा एक हैरान बनाउने घटना भएको छ । त्यहाँको एक अस्पतालका डाक्टरले एक ८१ वर्षकी महिलालाई मृत घोषित गरिदिए । त्यसपछि उक्त शवलाई मुर्दाघरमा लगेर छोडियो । तर जब बिहान भयो तब महिलाको शव लिन गएका आफन्त सबै अचम्मित बने । किनभने मृतक भनिएकी महिला जीवित पाए।
डेली मेलका अनुसार महिलाको नाम जिनैदा कोनोनोवा रहेको छ । उनी केहि दिनयता रुसको गोरशेचेन्स्कीको सेन्ट्रल डिस्ट्रिक्ट हस्पिटलमा उपचारका लागि भर्ना भएकी थिइन् । १४ अगस्टमा उनलाई डाक्टरले मृत घोषित गरेका थिए । त्यसपछि उनलाई राती १ बजेर १० मिनेटमा शवगृहमा लगेर राखिएको थियो । तर जब उनका परिवार बिहान ८ बजे त्यहाँ पुगे तब उनी जीवित नै देखे । यो लापरवाहीको मामिलामा हस्पिटलका प्रमुख डाक्टरलाई सस्पेण्ड गरिएको छ ।
एजेन्सीको सहयोगमा







