बालुवाटारमा सकियो दाहाल-नेपाल समूहको बैठक, स्थायी कमिटी बैठक स्थगित गर्ने ओलीको निर्णय विधिसम्मत नभएको ठहर

जनपत्र
१३ श्रावण २०७७, मंगलवार १६:३२

काठमाडौँ — प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकतर्फीरुपमा स्थगित गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका स्थायी समितिका सदस्यको बालुवाटारमा बसेको बैठक सकिएको छ । २९ जना स्थायी समिति सदस्य र दुई जना आमन्त्रित सदस्य सहभागी बैठकले आजै बिहानका लागि डाकिएको बैठक स्थगित गर्ने अध्यक्ष ओलीको निर्णय विधि सम्मत नभएको ठहर गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

यस्तै बैठकले स्थायी कमिटीको अर्को बैठक आवश्यक रहेको भन्दै यसका लागि मिति तय गर्न ओलीसँग दाहालले छलफल गर्ने पनि निर्णय गरेको श्रेष्ठले बताए ।

बैठकमा पार्टीको सल्लाहकार परिषद्का अध्यक्ष तथा अनुशासन कमिटीका अध्यक्ष अमृत बोहोरा पनि सहभागी थिए ।

बैठकमा उपाध्यक्ष बामदेव गौतमले आफूले अघि सारेको ६ बुँदे प्रस्तावबारे ब्रिफिङ गरेका थिए । अध्यक्ष दाहालले बैठकअघि प्रधानमन्त्री ओलीसँग भएको कुराकानीबारे बताएका थिए । सचिवालय सदस्य रामबहादुर थापा तथा स्थायी कमिटी सदस्यहरु लेखराज भट्ट र मणि थापा बैठकमा सहभागी थिएनन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*