मकवानपुरका सांसद बिडारीको आरोपः ‘सरकारले युवालाई धकेली धकेली विदेश पठायो, तर उद्धार गरेन’

जनपत्र
३ असार २०७७, बुधबार १८:०८

काठमाडौं / सांसद रामनारायण विडारीले स्वदेशमा रोजगारी नपाएपछि विदेश गएका ऊर्जावान युवाहरु महाकारीका कारण घर फर्किन चाहेका युवाहरु सरकारले बेवास्ता गर्दा विदेशमै अलपत्र परेको बताएका छन्। राष्ट्रियसभाको शून्य समयमा बुधबार बोल्दै उनले भाडा तिर्ने पैसा नभएकाले फर्किन नपाएकाले सरकारको ध्यानाकर्षण गराए।

सरकारले रोजगारी नदिएर धकेली धकेली युवाहरुलाई विदेश पठाए पनि रोग र भोकले ग्रस्त हुँदा पनि सरकारले उद्धार गर्न सकेको छैनु, उनले भने, राम्रा राम्रा र बलिया बलिया युवाहरु रोजगारीका लागि विदेशमा छन्। उनीहरु अहिले विदेशमा रोग र भोकले ग्रस्त छन्।

स्वदेश आउन आतुर छन् तर रकम छैन अभाव छ। भाडा तिर्ने पैसा छैन। शरीरपनि जीर्ण भएको छ।ु उनले पैसा नभएका युवालाई नेपाली नै नठानिएको गुनासो गरे। ुनेपालमा काम नदिएकाले धकेली धकेली यसपाली विदेश कति पठाउने भन्दै प्रतिस्पर्धा गर भन्दै पठाउँदा अहिले अलपत्र परियो भन्छन्, उनले भने, तिनीहरुलाई कसरी ल्याउनेरु पैसा नभएको मान्छे पनि त नेपाली हो र यहाँ आउनुपर्यो नी।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*