विश्वमै पहिलोपटक नेपालमा भेटियो ‘ब्यान्डेड् कुक्री’ प्रजातिको दुई टाउके सर्प

जनपत्र
२३ चैत्र २०७६, आईतवार ०७:३९

नेपालमा पहिलोपटक ‘ब्यान्डेड् कुक्री’ प्रजातिको दुई टाउके सर्प भेटिएको छ। उक्त सर्प अनुसन्धानकर्ता कमल देवकोटा र उनको समूहले फेला पारेका हुन्। यो प्रजातिको दुई टाउके सर्प विश्वमै पहिलोपटक भेटिएको अमेरिकाबाट प्रकाशित पत्रिकाले जनाएको छ।

सर्प अक्टोबर, २०१८ मा पत्ता लागेको र अध्ययन पुरा गरी बल्ल प्रमाणित भएर लेख प्रकाशित भएको देवकोटाले बताए। रुपेन्देहीको बुटवलमा रहेका देवकोटाले भने, ुसर्प अक्टोबर ८, २०१८ मा भेटिएको हो। यससम्बन्धी अध्ययन सकाएर दिएको लेख बल्ल प्रकाशित भयो।ु

यसपटक भेटिएको सर्प विषालु नभएको उनले बताए। भने, ुविश्वमै पहिलोपटक भेटिएको हो यो प्रजातिको दुई टाउके सर्प। तर यो विषालु सर्प भने होइन।ु देवकोटा र उनको समूहले अध्ययन अनुसन्धान गरी तयार पारेको सर्पसम्बन्धी लेख रेप्टाइल एण्ड एम्फिबियन कन्जरभेसन जर्नल ९सरिसृप र उभरचर संरक्षण०मा छापिएको छ। यसअघि पनि उनको समूहले अर्को प्रजातिको दुई टाउके सर्प फेला पारेका थिए।

सरिसृप तथा उभरचर संरक्षणमा लेख प्रकाशित गर्दै आएको अमेरिकाबाट प्रकाशित हुने सो जर्नलको अप्रिल २०२० को भोलुम २७९१० स् ७१–७२ मा देवकोटाको अनुसन्धानमुलक लेख छापिएको हो।

नवलपुर जिल्लाको दलदलेमा भेटिएको अनौठो दुई टाउको भएको सर्पको अध्ययन अनुसन्धान गरी लेख तयार गरिएको र उक्त सर्प विश्वमै पहिलोपटक भेटिएको प्रमाणित भएको सर्प अनुसन्धानकर्ता देवकोटाले बताए। उक्त सर्प सन्तबहादुर मगरको नेतृत्वमा चितवन राष्ट्रिय निकुञ्जमा छाडिएको उनले बताए। पहिलोपोष्टबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*