हेटौंडामा राष्ट्रपति रनिङशिल्डको नगर छनौट सुरु
हेटौंडा । मकवानपुर जिल्लाको दशौं राष्ट्रपति रनिङशिल्ड अन्तर्गत हेटौडा उपमहानगरपालिका स्तरिय छनौट सुरु भएको छ । महानगरि भित्रका २२ बट सामुदायीक सहित ३२ वटा विद्यालयको सहभागितामा भएको छनौटमा पहिलो दिन एथलेटिक्सका ७ वटा विधाको छनौट सकिएको जिल्ला खेलकुद विकास समितिका प्रमुख राजन दाहाल खुशराज दाहालले जानकारी दिएका छन् । १००,२००,८००,र एउटा रिलेमा खेलाडीहरु छनौट भएका छन् ।
यस्तै सटपुट,ज्याभलिङ,ट्रीपल जम्पको छनौट सकिएको निर्णायक राजाराम पोखरलेले बताएका छन् । यता कव्वडीका पहिला चरणका खेलहरु सम्पन्न भएका छन् । कवड्डीमा छात्रा तर्फ ६ र छात्रमा वटा विद्यालय र भलिवलमा छात्रामा ७ र छात्रमा १० विद्यालयको सहभागिता छ । छात्रा भलिवलमा कृष्ण आर्दश मावि छनौट भएको छ । यस्तै ज्ञानोदयद बालवाटीका दोस्रो भएको निर्णायक विनोद श्रेष्ठले बताएका छन् । स्थानिय तहबाट छनौट भएका खेलाडीहरुले जिल्ला स्तरिय राष्ट्रपति रनिङशिल्डमा खेल्न पाउने छन् । जिल्लामा विजेता खेलाडी प्रदेश हुदै राष्ट्रिय प्रतियोगिता खेल्ने समितिका प्रमुख दाहालले जानकारी दिएका छन् ।
प्रतियोगिताको उद्घाटन हेटौडा उपमहानगरपालिकाका उपप्रमुख मिना लामाले सटपुट हानेर गर्नुभएको थियो । संयोजक विद्यालय आधुनिक राष्ट्रिय माविका प्रधानअध्यापक वीरवंश वैठाको अध्यक्षतामा भएको उद्घाटनमा वडा नं चारका वडा अध्यक्ष नविन सिग्देल, प्रदेश खेलकुद परिषदका सदस्य माधव तिमल्सिना,जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामा, नगरपालिकाका सामाजिक विकास महाशाखा प्रवन्धक भिम तिमल्सिना तथा खेल संघका अध्यक्ष तथा प्रशिक्षकहरुको सहभागिता थियो ।







