ढोरपाटन महिला भलिबलमा एपिएफको अपराजित यात्रा कायमै

जनपत्र
२३ माघ २०७६, बिहीबार ०६:४८

काठमाडौँमा जारी १५औँ संस्करणको ढोरपाटन महिला डबल लिग भलिबल च्याम्पियनसिपमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले आफ्नो अपराजित यात्रा कायमै राखेको छ।

नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल क्लबको खेल मैदानमा बुधबार भएको खेलमा एपिएफले चितवन टाइगर्सलाई ३–० सेटले हरायो। एपिएफले उक्त खेल २५–१०, २५–१८ र २५–१० अंकले जितेको हो। जितसँगै एपिएफले आठ खेलमा २३ अंक जोड्दै शीर्ष स्थानमा उक्लेको छ। अर्को खेलमा त्रिभुवन आर्मी क्लबले ढोरपाटन क्लब तथा पारामाउन्ट स्कुललाई पराजित ग¥यो।

आर्मीले पहिलो खेलमा ढोरपाटनलाई २५–९, २५–९ र २५–११ अंकले हरायो भने दोस्रो खेलमा आर्मीले पारामाउन्ट स्कुललाई २५–१०, २५–२० र २५–९ अंकले पराजित गरेको हो । जितसँगै आर्मीले सात खेलबाट १५ अंक जोडेको छ।

यसैगरी न्यु डाइमण्ड स्पोर्ट्स क्लबलाई नेपाल पुलिस क्लबले ३–१ को सेटमा हरायो । पुलिसले डायमण्डलाई १४–२५, २५–१९, २७–२५ र २५–१७ अंकले हरायो । पुलिसले प्रतियोगितामा हालसम्म सात खेलबाट १९ अंक जोडेको छ भने न्यु डायमण्डले १२ अंक बटुलेको छ । यस्तै बुलबुले रारा क्लबले चितवन टाइगर्सलाई २५–१९, २३–२५, २६–२४, २२–१५ तथा १६–१४ अंकले पराजित ग¥यो । ढोरपाटन स्पोर्ट्स क्लबको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा १० टोली सहभागी छन्। रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*