बागमती प्रदेशका १३ वटै जिल्लाका खेलकुद पदाधिकारीले लिए सपथ

जनपत्र
२१ माघ २०७६, मंगलवार १९:१४

हेटौंडा । बागमती प्रदेशका १३ वटै जिल्लाका खेलकुद विकास समितिका पदाधिकारीले सपथ लिएका छन् । आज मंगलबार हेटौंडास्थित समाजिक विकास मन्त्रालयमा आयोजित जिल्ला खेलकुद विकास समितिका पदाधिकारीको नियुक्ती तथा सपथ ग्रहण समारोहमा मन्त्री युवराज दुलालले खेलकुद पदाधिकारीहरुलाई सपथ ग्रहण गराए हुन् ।

प्रदेश खेलकुद विकास परिषद्ले गत माघ ७ गते १३ वटै जिल्ला खेलकुद विकास समितिको अध्यक्ष र सदस्य टुंगाएको थियो । खेलकुद समितिमा १ अध्यक्ष र ४ सदस्य रहने व्यवस्था छ ।

कार्यक्रममा प्रदेश खेलकुद परिषद्ले चयन गरेको सम्बन्धित जिल्लाका अध्यक्ष र सदस्यलाई नियुक्ती पत्र दिएको थियो । नियुक्ती दिए लगत्तै सपथ गराइएको हो ।

कार्यक्रमलाई संबोधन गर्दै सामाजिक विकास मन्त्री युवराज दुलालले खेलकुद क्षेत्रको विकासमा सम्बन्धित खेलकुद पदाधिकारीहरुले दृढताका साथ लाग्नुपर्ने बताए ।

उनले बागमती प्रदेशलाई खेलकुद क्षेत्रको विकासमा अग्रसर गराउन सबै पदाधिकारीको महत्वपूर्ण योगदानको आवश्यक रहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*