हेटौंडामा प्रहरी भ्यानमा बसको ठक्कर, इन्सपेक्टर सहित ६ घाइते

जनपत्र
१५ माघ २०७६, बुधबार १०:१३

हेटौंडा । लागूऔषध तस्कर पक्राउ गरेर हेटौंडा–११, थानाभर्‍याङबाट हेटौंडातर्फ आउँदै गरेको वडा प्रहरी कार्यालय हेटौंडाको प्रहरी भ्यानलाई बसले ठक्कर दिँदा प्रहरी निरीक्षक ईश्वरीप्रसाद भण्डारीसहित पाँच जना प्रहरी घाइते भएका छन्।

प्रहरी भ्यानलाई काकडभिट्टाबाट धनगढीतर्फ जाँदै गरेको ना ५ ख ५५८२ नम्बरको बसले ठक्कर दिँदा प्रहरी निरीक्षक भण्डारीको टाउकोमा चोट लागेको छ भने अन्य सामान्य घाइते रहेको प्रहरीले जनाएको छ।

हेटौंडा–११ राप्तिपुल नजिक भएको दुर्घटनामा प्रहरी निरीक्षक भण्डारीसहित ४ प्रहरी र बसमा सवार २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ललनकुमार कुर्मीले बताउनुभयो।

प्रहरी निरीक्षक भण्डारीसहित ३ घाइतेको चुरेहिल अस्पतालमा उपचार भईरहेको छ भने घाइते प्रहरीहरु उपचारपछि डिस्चार्ज भएका छन् । बस र चालक प्रहरी नियन्त्रणमा छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*