बागमती प्रदेश मन्त्रिपरिषद् वैठकः सरकारको दोस्रो स्थापना दिवस मनाउन समिति

जनपत्र
१५ माघ २०७६, बुधबार ०८:४७

हेटौंडा । बागमती प्रदेश मन्त्रिपरिषद् वैठकले सात वटा निणर्य गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा भएको वैठकले अन्तरप्रदेशका बासिन्दाको सुरक्षा समान व्यवहार सम्बन्धमा समान व्यवहार व्यस्था गर्न बनेको बिधेयक प्रदेश सभामा पेश गर्न स्वीकृत दिने निर्णय गरिएको छ ।

बैठकले बागमती प्रदेशको दोस्रो स्थानपाम दिवस यहि माघ २९ गते मनाउन समिति गठन गर्ने निणर्य गरिएको छ । दोस्रो स्थापना दिवस मनाउन प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मकटेलको संयोजकत्वमा समिति गठन गर्ने निणर्य गरिएको छ ।

समितिका सदस्यहरुमा प्रदेशका सबै मन्त्री, प्रदेश निति तथा योजना आयोगका सदस्यहरु, प्रदेशका मुख्यन्यायधिवक्ता लगाएत रहेका छन् । वैठकले प्रदेश युवा परिशद गठनका सम्बन्धमा प्रदेश सभामा पेश गने निर्णय गरेको छ । यस्तै ग्रामिण सडक पुर्वाधार सम्बन्धि विदेक प्रदेश सभामा पेश गर्ने लगायतका निर्णय भएको प्रदेश सरकारले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*