हेटौंडामा राष्ट्रपतिः पुष्पलाल श्रेष्ठ, बिपी कोइराला, गणेशमान सिंह र मनमोहन अधिकारीको प्रतिमा अनावरण

हेटौंडा । हेटौंडाको शहिद स्मारकमा आज राष्ट्रपति विद्यादेवि भण्डारीले आज दिउसो प्रजातान्त्रिक पार्कमा निर्माण गरिएका प्रतिमाहरुको अनावरण गर्नुभएको छ । प्रजातान्त्रीक पार्कमा निर्माण गरिएका पुष्पलाल श्रेष्ठ, बिपी कोइराला, गणेशमान सिंह र मनमोहन अधिकारीको प्रतिमा अनावरण गर्नुभएको हो । स्मारकमा विभिन्न कालखण्डमा सहिद भएका १२ जनाको एउटै ढुङ्गामा कुदिएको मुखाकृत स्तम्भ र जननेता मदन भण्डारीको प्रतिमामा माल्यापर्ण समेत उहाँले गर्नुभयो ।
देशकै महत्वपुर्ण पर्यटकिय गन्तव्यका रुपमा विकास भएको हेटौंडाको सहिद स्मारकमा राष्ट्रपति विद्यादेवि भण्डारीले प्रजातान्त्रिक पार्कमा निर्माण गरिएका प्रतिमाहरुको अनावरण गर्नुभएको हो । बाग्मती प्रदेशको राजधानी हेटौंडामा रहेको पर्यटकिय स्थल सहिद स्मारकमा प्रजातान्त्रिक आन्दोलनका अगुवाहरुको प्रतिमा निर्माण गरिएको छ । विभिन्न कालखण्डका सहिदको प्रतिमा राखिएको हेटौँडा उपमहानगरपालिका–११ स्थित पर्यटकीयस्थल सहिद स्मारकमा रहेको प्रजातान्त्रिक पार्कमा निर्माण गरिएका प्रतिमाहरुको आज अनावरण गर्नुभएको हो ।
स्मारमा रहेको प्रजातान्त्रिक पार्कमा प्रजातान्त्रिक आन्दोलनका चारजना अगुवा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ, नेपाली काँग्रेसका संस्थापक नेता तथा पहिलो जन निर्वाचित प्रधानमन्त्री बिपी कोइराला, लौहपुरुष गणेशमान सिंह र पहिलो जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको प्रतिमा भण्डारीले अनावरण गर्नुभएको हो ।
सहिद सप्ताहको सातौं कार्यक्रम अन्र्तगत आज प्रजातान्त्रिक पार्कमा निर्माण गरिएको प्रतिमाको अनावारण गर्न राष्ट्रपति विद्यादेवी भण्डारी हेटौंडा आउनुभएको थियो । सहिद स्मारक विकास समितिले करिब डेढ करोड रुपैयाँ खर्चेर शालिक निर्माण गरको जनाएको छ । चारैजना प्रजातान्त्रिक आन्दोलनका अगुवाहरुको शालिक निर्माण भएको थियो ।
यसअघि सहिद स्मारकमा विभिन्न कालखण्डका सम्पूर्ण सहिदलाई एकै थलोमा स्मरण गर्न सहिद स्मृति स्तम्भ निर्माण गरिएको थियो । जसमा ६५ फिट अग्लो स्तम्भ निर्माण गरिएको छ । यो स्तम्भको पनि राष्ट्रपति भण्डारीले अनावरण गर्नुभएको थियो । स्तम्भ करिब एक करोढ ५० लाख रुपैयाँको लागतमा निर्माण गरिएको समितिले जनाएको छ । साथै स्मारकमा विभिन्न राष्ट्रभक्तिपूर्ण युद्ध र विभिन्न जनसङ्घर्षमा सहिद भएका १२ सहिदको एउटै ढुङ्गामा सहिदको मुखाकृत कुदिएको छ ।
२०४६ सालको जनआन्दोलन पश्चात २०४७ साल श्रावण ७ गते उजाड डाँडोमा वृक्षारोपण गरी सहिद स्मृति बाटिका नामाकरण गरिएको थियो । २०५२ सालमा तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले उद्घाटन गरेको सहिद स्मारक देशकै नमुना सहिद केन्द्र बन्न पुगेको छ । यहाँ वार्षिक पाँच लाख बढि आन्तरिक र बाह्य पर्यटक आउने गरेको समितिका सचिव न्यौपानेले बताए । स्मारकमा यसअघि नै मदन भण्डारीको प्रतिमा निर्माण भइसहेको छ ।
शहिद स्मारक विकास समितिका अध्यक्ष तथा मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाई, सभामुख सानुकुमार श्रेष्ठ, संघीय अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहाल, प्रत्यायोजन समितिका सभापति रामनारायण विडारी, बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेल, आर्थिक मामिला तथा योजान मन्त्री कैलास प्रसाद ढुंगेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपाल, भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्री दावा दार्जे लामा, सामाजिक विकास मन्त्री युवराज दुलाल, प्रमुख प्रतिपक्ष दलका नेता इनद्रबहादुर वानियाँ, प्रदेशसभाका सदस्यहरु, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत लगायतकाको आतिथ्यता रहेको थियो ।
तस्विरमा हेटौंडाको सहिद स्मारक :