हेटौंडाको पर्यटन प्रवर्दन गर्न पूर्वाधारमा जोड दिनुपर्छ–राष्ट्रपति भण्डारी
हेटौंडा । राष्ट्रपति विद्यादेवि भण्डारीले हेटौंडामा पर्यटन प्रवर्दन गर्नका लागि भौतिक पूर्वाधार विकासमा ध्यान दिनुपर्ने वताउनुभएको छ ।
सहिद दिवस तथा सहित स्मारकको रजत जयन्तीका अवसरमा नव निर्मित प्रजातान्त्रिक पार्कको उद्घाटन् गर्दै उहाँले प्रर्यटन प्रवर्दनमा प्रदेश सरकार लाग्ने विश्वास व्यक्त गर्नुभएको छ । प्रदेशसभाको वैठकले नाम वागमती राखेकोमा धन्यवाद समेत दिनुभयो ।
हेटौंडाको सहिदस्मारक सवैको साझा थलोका रुपमा विकास भएको उहाँले वताउनुभयो । सहिद दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रम हुनुनै सहिद प्रति सम्मान भएको राष्ट्रपति भण्डारीले वताउनुभयो । स्मारकमा भौतिक संरचना निर्माण गर्नु खुसीको कुरा भएको वताउनुभयो ।
लोकतन्त्रको प्रवर्दन र सम्वर्दन गर्न गुणस्तरिय शिक्षा, स्वास्यमा सुधार गर्न प्रदेश सरकार लाग्नुपर्ने वताउनुभयो । सहिद स्मारकको थप सुधार गर्नका लागि उहाँले शुभकामना समेत व्यक्त गर्नुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनको असर कम गर्न पर्यावरणमैत्री विकासमा जोड दिनुभयो । राष्ट्रपति भण्डारीले विश्वव्यापी रुपमा पर्यावरणमा प्रतिकुल प्रभाव परेकोले जलवायु परिवर्तन भई जैविक विविधता संकटमा परेको बताउनुभयो । चुरे क्षेत्रमा रहेको जीव र बनस्पतिको संरक्षणका लागि वातावरणीय सन्तुलन कायम गर्नुपर्ने खाँचो औल्याउनुभयो । सहिदहरुबारे अध्ययन गर्नका लागि स्मारक महत्वपूर्ण थलो बन्ने बताउनुभयो । समृद्धिको अभियानमा जुट्न प्रदेश सरकार सक्षम हुने समेत विश्वास व्यक्त गर्नुभयो ।

शहिद स्मारक विकास समितिका अध्यक्ष तथा मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाई, सभामुख सानुकुमार श्रेष्ठ, संघीय अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहाल, प्रत्यायोजन समितिका सभापति रामनारायण विडारी, बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेल, आर्थिक मामिला तथा योजान मन्त्री कैलास प्रसाद ढुंगेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपाल, भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्री दावा दार्जे लामा, सामाजिक विकास मन्त्री युवराज दुलाल, प्रमुख प्रतिपक्ष दलका नेता इनद्रबहादुर वानियाँ, प्रदेशसभाका सदस्यहरु, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत लगायतकाको आतिथ्यता रहेको थियो ।

सहीदहरु नामक पुस्तकको विमोचन
सहीद स्मारक विकास समितीको रजत जयन्तीको अवसरमा जनस्तरबाट प्रकाशित नेपालको इतिहासका विभिन्न कालखण्डका सहीदहरु नामक पुस्तकको विमोचन गरिएको छ ।
नेपालका विभिन्न आन्दोलन तथा घटनामा परी देश र जनताका लागि जीवनको बलिदान दिएका व्यक्तिहरुको बारेमा लेखिएको उक्त पुस्तक सोमबार हेटौंडामा विमोचन गरिएको हो ।
सम्राट तुम्वाहाम्फेद्वारा लिखित पुस्तकको परराष्ट्र विद हिरण्य लाल श्रेष्ठले विमोचन गर्दै नेपालका सहीद कति छन भन्ने अन्यौलता चलिरहेको बेला यस पुस्तकको प्रकाशनबाट केहिहद सम्म सहीदका बारेमा जान्न सहज हुने बताएका छन् ।








