हेटौंडाको सहिद स्मारकमै राष्ट्रपति भण्डारीको आज दोस्रो कार्यक्रम
हेटौंडा । राष्ट्रपति विद्यादेवि भण्डारी हेटौंडाको सहिद स्मारकमा आजको कार्यक्रम दोस्रो पटकको कार्यक्रम रहेको छ । देश विदेशमा शहिदका नामले परिचित स्मारकमा भण्डारी यसअघि पनि आउनुभएको थियो ।
भण्डारीले आज प्रजातान्त्रीक पार्कमा स्थापना गरिएको पुष्पलाल श्रेष्ठ, बिपी कोइराला, गणेशमान सिंह र मनमोहन अधिकारीको प्रतिमा अनावरण गरिने कार्यक्रम रहेको स्मारक विकास समितिका उपाध्यक्ष रामेश्वर रानाले वताउनुभयो ।
यस अघि राष्ट्रपति भण्डारी स्मारकमा सवै भन्दा अग्लो सहिद स्तम्भको उद्घाटन गर्नका लागि आउनु भएको थियो । स्मारक विकास समितिका अध्यक्ष समेत रहनुभएका मुख्यमन्त्री डोरमणि पौडेलको पहलमा भण्डारी दोस्रो पटक हेटौंडाको स्मारकमै कार्यक्रम तय भएको हो । पर्यटकिय क्षेत्रको रुपमा स्मारक परिचित छ । देशैभरीका आन्तरिक र भारत लगायतका देशका पर्यटक स्मारकमा आउने गरेका छन् ।
राजदुतहरुले शहीद स्मारकसँगै, मकवानपुरगढीलगायतका पर्यटकीयस्थलको अवलोकन गर्ने कार्यक्रम रहेको सहीद स्मारक विकास समितिले जनाएको छ । समितिले कार्यक्रमको तयारी पुरा भईसकेको तथा स्मारकमा राष्ट्रपति आउने भएपछि आवश्यक सुरक्षा प्रबन्ध गरिएको बताएको छ । हेटौंडामा रहेको पर्यटकीयस्थल सहीद स्मारकमा प्रजातान्त्रिक आन्दोलनका अगुवाको प्रतीमा निर्माण गरिएको छ ।
तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले २०५१ साल माघ १७ गते यो पार्कको उद्घाटन गरेका थिए । त्यतिबेला हेटौंडा नगरपालिकाका नगरप्रमुख डोरमणि पौडेल अहिले वागमती प्रदेशको मुख्यमन्त्री छन् । एउटा २५ टनको ढुंगामा नेपालमा शहीद धर्मभक्त माथेमा, गंगगालाल श्रेष्ठ, शुक्रराज शास्त्री, दशरथ चन्द, हेटौंडाका सहीद प्रभाकर पौडेललगायतको मुहारको प्रतीमा कुँदिएको थियो ।
ढुंगो स्थानीय सरस्वती खोलाबाट ल्याएर कुँदिएको हो । ललितकला क्याम्पसमा अध्ययनरत तीन जना कलाकारले करिब ९ महिना लगाएर सहीदको मुखाकृति कुँदेका थिए । स्मारकको नेतृत्व २०५१ देखि हालसम्म डोरमणि पौडेलले नै गरिरहेका छन् ।







