प्रदेश योजना आयोगको हेटौंडामा वैठकः आवधिक योजना स्वीकृतिका लागि पेस गरिने

हेटौंडा । बागमती प्रदेशको नीति तथा योजान आयोगको वैठक हेटौंडामा भएको छ । बैठकले बागमती प्रदेशको प्रथम आबधिक योजना स्वीकृतिको लागि प्रदेश मन्त्रीपरिशदमा पेश गर्ने निर्णय निर्णय गरिएको छ । बैठकले प्रदेशको योजना, कार्यक्रम अनुगमन तथा मुल्यान्कन दिग्दर्शन २०७६ स्वीकृत गर्ने निर्णय गरिएको प्रदेश नीति तथा योजान आयोगका सदस्य डाक्टर एमुना कंडेलले जानकारी दिनुभयो ।
प्रदेशकोआबधिक योजना, मध्यमकालिन खर्च संरचना तथा बार्सिक बिकास कार्यक्रम तर्जुमा दिग्दर्शन २०७६ स्वीकृत गर्ने निर्णय गरिएको छ । प्रदेशका नीति तथा योजना आयोगका अध्यक्ष समेत रहनुभएका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेल, नीति तथा योजना आयोगका कार्यबाहक उपाध्यक्ष श्यामकुमार वस्नेत, सदस्यहरु प्राध्यापक डाक्टर रामचन्द्र ढकाल, डाक्टर एमुना कंडेल, प्रदेशका प्रमुख सचिव तोयम राय, आर्थिक मामिला तथा योजना आयोगका सचिव डाक्टर मुकुन्द प्रसाद पौडेल, प्रदेश नीति तथा योजना आयोगका सदस्य अन्जन न्यौपाने लगायतकाको सहभागिता रहेको थियो ।