प्रदेश सांसदको प्रश्न–२० वर्षदेखि चर्चित थाहा नगरको पानोरमा रिसोर्टमा किन एसी छैन ?

जनपत्र
१३ माघ २०७६, सोमबार १७:५१

हेटौंडा । ८ जना भारतीय पर्यटकको मृत्यु भएको दामनको एभरेष्ट पानोरमा रिसोर्टको मापदण्ड जाँचबुझ गरी कारबाही गर्न प्रदेश सांसदले माग गरेका छन् । बागमती प्रदेशको सोमबारको प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी कांग्रेसकी सांसद विजया श्रेष्ठ केसीले भ्रमण वर्षको उत्साहमा रहँदा पहिलो गासमै ढुंगा परेको बताइन् ।

उनले ८ जना भारतीय पर्यटकको मृत्यु प्रकरणलाई जोड्दै प्रश्न गरिन्, ‘२०औं वर्षदेखि चर्चित रहेको पानोरमा रिसोर्टमा किन एसी छैन रु गार्डेन हिटर ल्याएर कोठामा जोड्न मिल्छ कि मिल्दैन ?’

रिसोर्टको लापरबाहीका कारण पर्यटकको मृत्यु भएको बताइरहेका बेला प्रदेश सरकार मौन बसेको भन्दै उनले सरकारको ध्यानाकर्षणसमेत गराइन् । नेकपाकी प्रदेशसभा सदस्य मुनु सिग्देलले भ्रमण वर्षको सुरुआतमै भएकोे दुःखद घटनाले होटल र रिर्सोटको मापदण्ड माथि प्रश्न उठाएको बताइन् । उनले एभरेष्ट पानोरमा रिसोर्ट मापदण्ड अनुसार सञ्चालन भएनभएको छानबिन गरी कारबाही गर्नु पर्नेमा जोड दिइन् ।

सांसद लालकुमारी पुनले भ्रमण वर्ष मनाउँदै गर्दा भारतीय पर्यटकको मृत्यु भएको घटनाले ठूलो क्षति पुगेको बताइन् । उनले सरकारले चासो नदिएको भन्दै यस्तो घटनाले सरकारले लिएको लक्ष्य पूरा हुनेमा आशंका प्रकट गरिन् ।

प्रदेशसभा सदस्य रिना गुरुङले सरकारले पर्यटन वर्ष घोषणा गरेर ल्याएको भिजिट नेपाल २०२० लाई एभरेष्ट पानोरमामा भएको घटनाले असर परेको बताइन् । उनले उक्त घटनाले विश्वभर गलत सन्देश जाने भन्दै घटनाको स्पष्ट छानबिन गर्न सरकारले चासो दिनुपर्ने बताइन् ।

गत ७ गते एभरेष्ट पानोरमा रिसोर्टमा बसेका ४ बालबालिकासहित ८ जना भारतीय पर्यटकको हिटरले निसास्सिएर मृत्यु भएको थियो ।
बागमती प्रदेशको राजधानी हेटौंडामा अधिकारकर्मी अजिता भुजेलको हत्या भएको ९ दिनसम्म पनि हत्यारा पत्ता नलागको भन्दै प्रश्न खडा भएको छ ।

आज सोमबार भएको बागमती प्रदेश सभा बैठकमा मकवानपुरकी सांसद तथा नेकपा जिल्ला अध्यक्ष मुनु सिग्देलले अजिताको हत्यारा पत्ता नलागेको भन्दै प्रदेश सरकारलाई ध्यानाकर्षण गराएकी छिन् । विशेष समयमा बोल्दै सांसद सिग्देलले अजिताको हत्या भएको ९ दिनसम्म पनि हत्यारा पत्ता नलागेपछि प्रश्न गरेकी छिन् ।

उनले अजिता हत्यामा संलग्न भएका व्यक्तिहरुलाई तत्काल पक्राउ गरी कारबाही दायरामा ल्यान आग्रह गरेकी छिन् । अधिकारको क्षेत्रमा काम गर्नेहरुको सुरक्षा नभएको भन्दै उनले राज्यले सुरक्षा प्रदान गर्नेपर्ने उनको भनाई छ । बागमती प्रदेशमा पछिल्लो एकहप्तादेखि मन्त्री र राज्यमन्त्री थपिने कुराले तरंक ल्याएको भन्दै प्रदेशसभा बैठकमा यो विषय उठान भएको छ ।

राप्रपा संयुक्तकी सांसद रिना गुरुङले एक हप्तादेखि सञ्चारमाध्याममा प्रदेशमा मन्त्री र राज्यमन्त्रीहरु थ्पिन लागेको कुराले ध्यानाकर्षण भएको बताएकी छिन् । उनले राज्यलाई भार पार्न राज्यमन्त्री नचाहिने बताएकी छिन् । सांसद गुरुङले नेता तथा कार्यकर्ताहरुको व्यवस्थापन गर्न राज्यमन्त्री बनाउन लागि भन्दै आपत्ति जनाइन् । उनले विदेशमा रहेको नेपालीहरुको रगत, पसिनाबाट आएको कर मन्त्री, राज्यमन्त्री बनाएर गाडीमा प्रयोग गर्न नहुने तर्क राखिन् ।

अहिलेका मन्त्रीहरुले काम गर्न नभ्याएको र लोड धेरै परेको कारणले राज्यमन्त्री बनाउन लागिएको हो रु भन्दै सांसद गुरुङले प्रश्न गरेकी छिन् । उनले महिला सांसदहरुले मन्त्री बनाउनु पर्ने माग उठाएपछि थन्काउन लागि राज्यमन्त्री बनाउन लागिएको भन्दै प्रदेश सरकारलाई ध्यानाकर्षाण गराएकी छिन् ।

‘राज्यमन्त्री किन चाहियो रु, आवश्यकता नै छैन् । मन्त्रीहरुले काम नभ्याएर हो, लोड धेरै भएर हो । कि महिला सांसदहरुले आवाज उठाएपछि राज्यमन्त्रीमा थन्काउन हो ।–’ गुरुङले भनिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*