नक्कली भ्याट बिल प्रयोग गर्ने हेटौंडाका न्यौपाने विरुद्ध मुदा दायर

जनपत्र
१२ माघ २०७६, आईतवार २१:०७

हेटौंडा । झुट्टा र नक्कली भ्याट बिल प्रयोग गरी राजस्व छली गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले हेटौंडाको हनुमान कन्स्ट्रक्सनका प्रोपाइटर शालिकराम न्यौपानेलाई मुद्दा दायर गरेको छ ।

हनुमान कन्स्ट्रक्सनका प्रोपाइटर हेटौंडा उपमहानगरपालिका–२ बस्ने शालिकराम न्यौपाने र कर्मचारी विश्वराज सुवेदीले ८ करोड ६२ लाख रुपैयाँ राजस्व छली गरेको आरोपमा ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको विभागले जनाएको छ ।

हनुमान कन्स्ट्रक्सनका प्रोपाइटर न्यौपाने र कर्मचारी सुवेदीले मूल्य अभिवृद्धि करतर्फ २ करोड ५० लाख १४ हजार १ सय ९८ र आयकरतर्फ ६ करोड १२ लाख ४ हजार ६ सय ३२ रुपैयाँ राजस्व छली गरेको विभागको दावी छ ।

उनीहरुविरुद्ध राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३ को उपदफा (१) र (३) वमोजिम ८ करोड ६२ लाख १८ हजार ८ सय रुपैयाँ विगो र विगोको दोब्बरसम्म जरिवाना गरी ३ वर्षसम्म कैद सजाय माग गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*