हेटौंडाको वडाबाटै प्रयोगशाला सहितको स्वास्थ्य परिक्षण

जनपत्र
१२ माघ २०७६, आईतवार १८:१२

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ को भोर्ले स्वास्थ्यचौकीबाट ल्याव सहितको स्वास्थ्य सेवा दिन सुरु गरिएको छ । आज उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले स्वास्थ्यचौकिमा स्थापना गरिएको प्रयोगशालाको उद्घाटन् गर्नुभयो ।

विभीन्न खालका स्वास्थ्य परिक्षणको काम संगै प्रयोगशालामा रोगको परिक्षण गरेर औषधि दिनका लागि सजिलो भएको मेयर महतले वताउनुभयो । यहाँको प्रयोगशालाबाट ३७ प्रकारका रोगको परिक्षण गर्न सकिने भएको छ । दिसा, पिसाव, खकार, रगत लगायतका ३७ प्रकारका परिक्षण गर्न सकिने भएकोले सामान्य खालका विरामीका लागि अस्पताल सम्म धाउनुपर्ने बाध्यता हटेको उहाँले वताउनुभयो ।

हेटौंका वडै पिच्छे आम नागरिकलाई सहजसंग स्वास्थ्य सेवा दिने उदेस्यले हरेक वडामा स्वाथ्यचौकी स्थापना गरेर काम गर्न लागिएको छ । स्वास्थ्यचौकी नभएका वडामा स्वास्थ्यचौकी स्थापना गर्ने र भएका वडामा सेवालाई थप विस्तार गर्न लागिएको हो । आजै मेयर महतले दुईजना अपाङ्गता भएका व्यक्तिलाई ह्वीचियर वितरण गर्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*