हेटौंडाबाट काठ सहित दुईजना पक्राउ
हेटौंडा । प्रहरीले शुक्रबार राति हेटौंडा–१६ हटियाबाट गाडिमा काठ ल्याउने दुईजनालाई पक्राउ गरेको छ । हटियास्थित शिवम सिमेन्ट उद्योग नजिक सुकौराबाट हेटौंडातर्फ ल्याउँदै गरेको ना५च २८९५ नम्बरको डिआई गाडि नियन्त्रणमा लिएको हो ।
प्रहरीले गाडिबाट ५२ क्यूफिट काठ बरामद भएको छ । हटियास्थित प्रहरी चौकीले नियन्त्रणमा लिएको गाडि, चालक हेटौंडा–१८ का २४ बर्षीय युवराज साह र ३१ बर्षीय बलराम पण्डित रहेका छन् । बरामद काठको बजार मूल्य २ लाख रुपैँया रहेको प्रहरीको दावि छ ।
उनीहरुलाई आवश्यक कारबाहीको लागि लागि डिभिजन वन कार्यालय हेटौडा पठाउने कार्य भईरहेको । पक्राउ ब्यक्तिलाई बन ऐन २०७६ अनुसार १ बर्ष सम्म कैद र बिगो बमोजिम जरीवाना हुने कानुनी प्रावधान रहेको छ ।







