मकवानपुरको राक्सिराङका बृद्धबृद्धा र अशक्तलाई सिरक

जनपत्र
१० माघ २०७६, शुक्रबार २१:३९

राक्सिराङ–कठ्याङ्ग्रिँदो जाडोमा कष्टपूर्ण दैनिकी चलाइरहेका मकवानपुरको दुर्गम राक्सिराङ गाउँपालिका वडा नं ६ का बृद्धबृद्धा र शारीरिक अशक्तता भएका व्यक्तिहरुलाई न्यानो सिरकको व्यवस्थापन गरिएको छ ।

राक्सिरङ गाउँपालिका ६ नं वडा कार्यालयले वडाभरिका १२२ जना ज्येष्ठ नागरिक तथा पूर्र्ण अपाङ्गता भएका व्यक्तिहरुलाई सिरक प्रदान गरिएको हो । गाउँसभाबाट बिनियोजित बजेट बमोजिम वडाभरिका बृद्धबृद्धा र अपाङ्गता भएका व्यक्तिहरुलाई सिरकको व्यवस्थापन गरिनएको ६ नं वडाध्यक्ष सिंगलाल चेपाङले बताउनुभयो ।

गाउँपालिकाले हरेक वडाका लागि व्यवस्था गरेको सिलिङ बजेटको कार्यान्वयन गरिएको वडा कार्यालयले जनाएको छ । जाडो मौसममा आगो बालेर हरेक बर्ष जाडो काट्दै आइरहेका बृद्धबृद्धा र अपांगता भएका व्यक्तिहरुले स्थानीय सरकारको तर्फबाट नयाँ सिरक पाउँदा अत्यन्तै खुसी लागेको बताउनुभयो ।

ज्येष्ठ नागरिक ९८ बर्षीय सिंहबहादुर मुक्तानको सभाध्यक्षतामा भएको सिरक बितरण कार्यक्रममा जनप्रतिनिधिहरु, टोल विकास संस्थाका पदाधिकारीहरु सहभागी थिए ।

वडा कार्यालयका तर्फबाट १२२ थान सिरक बितरण गर्दा पनि केही अपुग देखिएकाले व्यक्तिगत तबरले खरिद गरी व्यवस्थापन गरिदिने वडाध्यक्ष सिंगलालले बताउनुभयो । वडाध्यक्ष सिंगलालले यसअघि गाउँपालिकाले दिएको मोटरसाइकल पनि अस्वीकार गर्नु भएको थियो भने ६ महिनाको पारिश्रमिक समेत स्थानीय विद्यालयलाई हस्तान्तरण गर्नुु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*