फोहोरको थुप्रोले हेटौंडामा त्रास

जनपत्र
१० माघ २०७६, शुक्रबार १५:१५

हेटौंडा । झोलामा घरबाट निस्कीएको फोहोरले गर्दा आज हेटौंडाको मानसचोकमा निकै त्रास फैलीयो । सेना, प्रहरी, स्थानीय वासिन्दाहरु त्यसलाई वरीपरीबाट हेर्नेहरुको निकै भिड समेत लाग्यो । तर, नेपाली सेनाले फोहोरको थुप्रोलाई संकासपद वस्तु भनेर डिस्पोज नगरुनजेल त्रास फैलीएको थियो ।

आज विहान हेटौंडा २ मानसचोकमा शंकास्पद बस्तु फेला परेको थियो । संगमचोकबाट नगरपालिका तर्फ जाने मोडमा संकास्पद बस्तु फेला परेको र के हो भन्नेमा हेटौंडामा त्रास फैलिएको थियो ।

प्लास्टिकको झोलामा रहेको उक्त वस्तु बम हो भन्ने त्रासले हेटौंडा बासी सशङ्कित रहेका थिए । नेपाल आर्मिको डिस्पोजल टोलीले डिस्पोज गर्ने क्रममा उप्त प्लास्टिकको झोलाबाट घरायसी फोहोर निस्कयको छ । विहान स्थानियले संकास्पद बस्तु देखे लगतै प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा प्रहरीले शिल गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*