राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशका मुख्यमन्त्री पौडेलको पहिलो मतदान
हेटौंडा । राष्ट्रियसभा सदस्यको निर्वाचनमा बागमती प्रदेशबाट मुख्यमन्त्री डोरमणि पौडेलले पहिलो मतदान गर्नुभएको छ । चुनाबमा पौडेलले मतदान गरिसकेपछी अरुले मतदान गरेका थिए । सातै प्रदेशमा मतदान भएको मतदान सकिएको छ । कूल सदस्यमध्ये १८ पदका लागि बिहान १० बजेदेखि मतदान सुरू भएको हो।
बागमती प्रदेश अन्तर्गत ललितपुर महानगरपालिका वडा नं ४ समितिको भवनमा कायम गरिएको मतदान केन्द्रमा मुख्यमन्त्री डोरमणि पौडेलले पहिलो मतदाताका रूपमा मतदान गरेका छन्।
यस प्रदेशमा रिक्त महिला र अन्य समूहमा तीन । तीन जनाका दरले छ जनाको उम्मेदवारी रहेको छ। प्रदेशसभा सदस्यतर्फ ११० र स्थानीय तह सदस्यतर्फ २३८ गरी ३४८ जना मतदाता छन्।
प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामस्थित महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक भवनमा राष्ट्रियसभाको निर्वाचन जारी छ। प्रदेश २ को मुख्यमन्त्री लालबाबु राउतले सबभन्दा पहिले मतदान गरेपछि मतदान प्रकृया सुरू भएको हो।
प्रदेश २ का प्रदेशसभा सदस्य र पालिकाका अध्यक्ष तथा उपाध्यक्षका लागि सोही भवनमा दुइटा मतदान केन्द्र तोकिएको छ। प्रदेशसभा सदस्य १ सय ७ जना र स्थानीय तहका नगरप्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष २ सय ७२ जना गरी कूल ३ सय ७९ जना मतदाताले मतदान गर्नेछन्।
यसैगरी, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पहिलो मतदान गरेका छन्। दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान केन्द्रमा मुख्य मन्त्रीसँगै प्रदेश सभामुख पूर्ण घर्ती, कानुन मन्त्री कुलप्रसाद केसी लगायतकाले मतदान गरेका छन्।
तीन जना सदस्य चुन्नको लागि प्रदेश ५ मा ३०५ जना मतदाताले मतदान गर्दैछन्।
प्रदेश नं १ को विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह, प्रदेश नं २ को जनकपुरधाम उपमहानगरपालिकाको महेन्द्रनारायण स्मृति भवन, वाग्मती प्रदेशको ललितपुर महानगरपालिका–४ वडासमिति भवन, गण्डकी प्रदेशको जिल्ला निर्वाचन कार्यालय कास्की परिसर मतदान जारी छ।
निर्वाचनमा ५५० प्रदेशसभा सदस्य तथा स्थानीय तहका अध्यक्षरउपाध्यक्ष, प्रमुखरउपप्रमुख एक हजार ५०६ समेत गरी दुई हजार ५६ मतदाता छन्। निर्वाचनमा छ राजनीतिक दलका ४५ उम्मेदवार प्रतिस्पर्धामा छन्।







