मकवानपुरको इन्द्रसरोवरमा ईन्जिनियरिङ पढाउन महायज्ञ

हेटौंडा । मकवानपुरको इन्द्रसरोवरमा रहेको बत्सलादेवी माध्यामिक विद्यालयले महायज्ञ गर्ने भएको छ । इन्द्रसरोवर गाउँपालिका वडा नं ३ सिस्नेरीमा अवस्थित विद्यालयले यहि माघ २२ गतेदेखि फाल्गुण १ गते सम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ–२०७६ को आयोजना गरिने महायज्ञ मूल समारोह समितिका सदस्य सन्तोष बानियाँले जानकारी दिए ।
बत्सलादेवी माध्यामिक विद्यालयमा सुविधायुक्त सिभिल ईन्जिनियरिङ प्राविधिक शिक्षालय सञ्चालनका लागि विद्यालयले महायज्ञ आयोजना गर्नलागेको महायज्ञ मूल समारोह समितिका संयोजक अशोक कुमार ठकुरीले जानकारी दिए । वि.सं. २०१० सालमा स्थापना भएको विद्यालयमा शैक्षिकशत्र २०७६ देखि सिभिल ईन्जिनियरिङको पढाई भैरहेको छ ।
सप्ताहब्यापी कार्यक्रममा बालन्यास पं. श्री मुकुन्द नेपालको वाचकत्वमा संगीतमय भावपूर्ण कथाप्रवचनतथाआचार्य पं. श्री मनोज नेपालबाट पाठपारायण हुने आयोजकले जनाएको छ । माघ २२ गते बिहान ८ः१५ माबत्सलादेवी मन्दिरबाट पूर्वाङ्ग पूजा तथा कलशयात्रा सुरु गरी दिउँसो ११ बजे महायज्ञको समुद्घाटनको कार्यतालिका रहेको जनाइएको छ ।
फाल्गुण १ गते पूर्णाहुती, महाप्रसादवितरण गरिनुका साथै प्रत्येक दिनभगवानको दिव्य झाँकी लीला प्रदर्शन, विशेष आरती, पाठपारायण, कथावाचन, तिलार्चन लगायतका कार्यक्रमहरु रहने छन् ।
श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको लागी गठित “श्रीमद्भभागवत सप्ताह ज्ञान महायज्ञ” मुल समरोह समिति गठन गरिएको छ । माघको पहिलो साता नै समितिकासंयोजक ठकुरीको अध्यक्षतामा संविधान सभा सदस्यएवम् स्कुलव्यवस्थापन मितिका पदाधिकारी,मुल आयोजक समितिर वडा अध्यक्षहरुको उपस्थितिमा औपचारिक भेला सम्पन्न गर्दै महायज्ञको लागि सबैले आ–आफ्नो तहबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।