हेटौंडा उपमहानगरपालिका स्तरीय मानव अधिकार समूह गठन

जनपत्र
९ माघ २०७६, बिहीबार १२:२१

मकवानपुर । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), बागमती प्रदेश कार्यालयको आयोजनामा माघ ८ गते मकवानपुरमा हेटौंडा उपमहानगरपालिका स्तरीय मानव अधिकार समूह गठन भएको छ । शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको क्षेत्रमा स्थानीय जनतालाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने परियोजना अन्तर्गत मानव अधिकार समूह गठन भएको हो ।

गत पुस २७ गते हेटौंडा उपमहानगरपालिकाकी उपप्रमुख मिना लामाको प्रमुख आतिथ्यता तथा इन्सेक बागमती प्रदेश संयोजक कृष्ण गौतमको अध्यक्षतामा भएको इएलपी परियोजना परिचयात्मक कार्यक्रम तथा मानव अधिकार समुहको गठन कार्यक्रममा समुहको तदर्थ समिति मात्र गठन भएको थियो । सोही समुहलाई साँगठनिक रुप दिँदै माघ ८ गते चन्द्रावती पनेरुको अध्यक्षतामा १३ सदस्यीय मानव अधिकार समुह गठन भएको हो ।

समुहको सहसंयोजकमा किरण लामिछाने र सचिवमा कुशल कप्रौला रहनुभएको छ । यस्तै सदस्यहरुमा जमुना तितुङ, ज्ञानु सेढाइ, यदुवँशी खतिवडा, लक्ष्मी अधिकारी, ध्रुव हाडा, यादवकुमारी थापा, शान्ती श्रेष्ठ, नवराज कोइराला, कमलकुमार बि.क, कल्पना लामा, बासुदेव कडेंल र चन्द्रामाया श्रेष्ठ रहनुभएको छ ।

इन्सेक बागमती प्रदेशका कार्यक्रम संयोजक गणेश भण्डारीले आगामी तीन बर्षको लागि गठित मानव अधिकार समुहले स्थानीय सरकारले आ–आफ्नो कार्य जिम्मेवारीपूर्वक पालना नगरेमा मानव अधिकार समूहले खवरदारी गर्नुपर्ने उहाँले बताउनुभयो ।

समूहकी अध्यक्ष पनेरुले नगरका हरेक क्षेत्रका गतिविधीहरू नागरिकमैत्री बनाउन नागरिक समाजले खवरदारी गर्ने बताउनुभयोे । शिक्षा, स्वास्थ्य, खाद्य तथा आवास निर्माणमा रहेका कमी कमजोरीलाई समूहले खवरदारी गर्ने बताउनुभयो । कार्यक्रममा इन्सेक प्रलेख अधिकृत सरीता दाहाल, जिल्ला प्रतिनिधी पुष्पराज अधिकारी र इएलपी परियोजना सहजकर्ता सलीना गौतमले समुह गठन प्रकृयामा सहजीकरण गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*