मकवानपुरको धियालमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

जनपत्र
९ माघ २०७६, बिहीबार १०:४३

हेटौँडा । मकवानपुरको वकैयाँ गाउँपालिकाको धियालमा आज विहान सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बकैया गाउँपालिका वडा नम्बर २ धियालको सरस्वतिमा ट्रयाक्टर दुर्घटना हुँदा ट्याक्टर चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ट्रयाक्टर चालक बाराको निजगढ नगरपालिका वडा नम्बर ३ का ३४ बर्षीय परशुराम सिटौला रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ना ६ त ६१८३ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई पल्टदा सिटौलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ललनकुमार कुर्मीले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*