मकवानपुरमा ६ महिनामा सवारी दुर्घटनामा ४२ जनाको मृत्यु

जनपत्र
९ माघ २०७६, बिहीबार १०:२८

हेटौंडा । मकवानपुरमा छ महिनाको अवधिमा सवारी दुर्घटनामा परी ४२ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको साउन देखि पुस मसान्त सम्ममा मात्र सवारी दुर्घटनामा मकवानपुरमा ४२ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख हरि विष्णु ढकालले जानकारी दिनुभयो ।

यस अवधिमा जिल्लामा ६१ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा ५१ जना गम्भिर घाइते भएका छन् । ३९ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सवारी दुर्घटनामा सवै भन्दा वढी भदौ महिनामा ११ जनाको मृत्यु भएको छ । त्यस्तै साउन महिना नौ जना र पुस महिनामा नौ जनाको मृत्यु भएको छ ।

मकवानपुरको ट्राफिकले यो छ महिनाको अवधिमा नियम उलंघन गर्ने ९ हजार ९ सय ९८ वटा सवारीका साधनलाई कार्बाही गरेको छ । सवारीका साधन कार्बाही गरेर ७० लाख १८ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको ढकालले वताउनुभयो ।

जथाभावी पार्किङ गर्दा र पार्किङ व्यवस्थित बन्न नसक्दा हेटौंडा बजारमा ट्राफिक व्यवस्थापन चुनौती रहेको पाइएको छ । चालकलाई समय–समयमा ट्राफिक चिन्हबारे सचेतना गराउदा पनि त्यसको कार्यान्वयन हुन नसक्नु सवारी दुर्घटनाको मुख्य कारण रहेको ढकालले वताउनुभयो ।
स्कुलरोड, नवलपुर टेप्पोपार्क पछि छिटै अजरअमर रोडलाई दुइ पाङ्ग्रे बाहेका लागि एकतर्फी बनाइने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*