हेटौंडाको सिद्धार्थ माविको ४४ औँ बार्षिक उत्सव

जनपत्र
८ माघ २०७६, बुधबार २१:४५

हेटौँडा । हेटौँडा २ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयले बुधबार आफ्नो ४४ औँ बार्षिक उत्सव धुमधामले मनाएको छ ।
विद्यायलले माघ ६ रक्तदान ७ गते खेलकुद र पुर्व विद्यार्थी शिक्षक पुर्नमिलन र ८ गते समापन कार्यक्रम गरी ४४ औँ बार्षिक उत्सव धुमधामले मनाएको हो ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यतामा तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मधु बजगाईको सभाध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास निर्देशनालय बागमती प्रदेशका निर्देशक चन्द्र प्रसाद लुइटेल,जिल्ला आयोजना कार्यान्वयन ईकार्ई९शिक्षा० मकवानपुर प्रमुख बद्रीबहादुर पाठक, शिक्षा समन्वय ईकाई मकवानपुरका प्रमुख लिलानाथ गौतम,शिक्षा समन्वय ईकाई मकवानपुरका कृष्ण प्रसाद घिमिरे,हेटौँडा वडा नम्बर १का वडाध्यक्ष सविन न्यौपाने,हेटौँडा उपमहानगरपालिका शिक्षा विकास महाशाखा प्रमुख पुर्ण बहादुर अछामी, विद्यालय व्यवस्थापन समितिका पुर्वअध्यक्ष हिरालाल श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु महेश्वर मान श्रेष्ठ, नारायण प्रसाद लम्साल, मकवानपुर बहुमुखी क्याम्पस प्रमुख शंकर उपाध्याय,गैर सहकारी महासंघ मकवानपुर अध्यक्ष डा।कृष्ण धिताल,पिटिए अध्यक्ष बलराम घिमिरे,विद्यालयका पुर्व प्रधानाध्यापक लक्ष्मी भक्त घिसिङ् विद्यालयका अक्षयकोषदाता डा।गणेश पौडेल, विद्यालयका प्रधानाध्यापक मोहन प्रसाद शर्मा, विद्यालयका सहायक प्रधानाध्यापक सागर प्रसाद खतिवडा, राम शरण अधिकारी, दश जोड दुई संयोजक गणेश प्रसाद हुमागाई लगायत शिक्षक अभिभावकहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा शिक्षक, २०७५ शालको बार्षिक परिक्षामा प्रथम,द्धितिय र तृतिय भएका र विद्यालयले संचालन गरेका अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो।विद्यालयका प्रधानाध्यापक मोहन प्रसाद शर्माले विद्यालयको प्रगति विवरण प्रस्तुत गरेका थिए साथै कार्यक्रममा विद्यालयको स्मारीक समेत विमोचन गरिएको थियो।

कार्यक्रममा विभिन्न संकायमा अध्ययन गर्ने विद्यार्थीहरुले नृत्य ,प्रहसन, शैक्षिक प्रर्दशनी, खाना महोत्सवको आयोजना गरिएको थियो ।
त्यसैगरी विद्यालयका पुर्व प्रधानाध्यापक लक्ष्मी भक्त घिसिङ्ले रिन्छेन स्मृति छात्रवृति कक्षा ८का २ जना जेहन्दार विद्यार्थीलाई जनहि ५ हजारका दरले नगद रकम र प्रमाणपत्र प्रदान गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*