हेटौंडामा मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु

जनपत्र
८ माघ २०७६, बुधबार ०८:२५

हेटौंडा । हेटौंडा ११ नवलपुरमा तरकारी वोकेको गाडीले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने मोटरसाइकलमा सवार अर्का एक जना गम्भीर घाइते भएका छन् ।

गएरताी पुर्व पश्चिम राजमार्ग अन्तरगत हेटौंडाको नवलपुरमा हेटौंडा बजारबाट मनहरी तर्फ जाँदै गरेको ना ४३ प ३९१४ नम्बरको मोटरसाइकललाई मनहरीबाट हेटौडा तर्फ आउदै गरेको ना ५ च १७७७ नम्बरको तरकारी बोकेको डिआई गाडीसंग ठक्कर खाँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौंडा १९ बस्ने २१ बर्षीय सुनिल स्यान्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक शुशिलसिंह राठोरले जानकारी दिनुभयो ।

दुर्घटनामा मोटरसाइकलमा सवार मनहरी ९ रजैया बस्ने १८ बर्षीय साजन भोल्न घाइते भएको र उनको चुरेहिल अस्पतालमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको उहाँले वताउनुभयो । सुनिलको उपचारको क्रममा हेटौडा अस्पताल तर्फ ल्याउदै गर्दा मुत्यु भएको जनाइएको छ । ठक्कर दिने गाडी तथा चालक प्रहरी नियन्त्रणमा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*