थाहानगरको रिसोर्टमा पर्यटक मृत्यु प्रकरणः हिटर प्रयोग गर्दा के के कुरामा सावधानी अपनाउने ?

जनपत्र
७ माघ २०७६, मंगलवार १६:०५

हेटौंडा । दामनको एक रिसोर्टमा नाइट स्टेका लागि बसेका भारतीय पर्यटक मंगलबार बिहानै बेहोस अवस्थामा भेटिए । उनीहरुलाई उपचारका लागि अस्पताल त ल्याइयो । तर, चिकित्सकले बचाउन सकेनन् ।

बेहोस भएका ८ जनाकै मृत्यु भइसकेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी उमेश लम्सालले बताएका छन् ।
उनीहरुको कसरी बेहोस भए रु प्रहरीको अनुमान छ, हिटरको कारण । यद्यपि, मृत्युको कारण भने पोष्टमार्टम रिपोर्टबाट मात्रै खुल्नेछ ।

अहिले नेपालस्थित भारतीय दूतावासको समन्वयमा पर्यटकको शव पोष्टमार्टम गर्ने तयारी भइरहेको छ ।

त्यसो त हिटर बाल्ने क्रममा असावधानी अपनाउँदा दुर्घटना भएको यो नै पहिलो घटना होइन । यस्ता थ्रुपै घटना सार्वजनिक भएका छन् ।

जाडोसँग जुध्नका लागि हिटर बाल्नैपर्छ । चिसिँदै गएको वायुलाई सन्तुलित तापमानमा राख्ने कृतिम काइदा हो यो । खासगरी बुढाबुढी, रोगी, सुत्केरीका लागि यस किसिमको व्यवस्था गर्नुपर्ने हुन्छ ।

यसले मानिसलाई चिसोबाट राहत त दिलाउँछ । तर, यसले स्वास्थ्य र स्किनमा पनि क्षति पुर्‍याइरहेको हुन्छ । त्यसैले, तपाईँ हिटर वा ब्लोअरको प्रयोग गर्दै हुनुहुन्छ भने पहिला आफ्नो परिवारको सुरक्षालाई सुनिश्चित गर्नुहोस् ।

यसको गलत प्रयोगले ज्यानै जान सक्ने भएकाले निकै सावधानी पुर्‍याउन जरुरी हुन्छस्(

निम्त्याउँछ यस्ता समस्या

– कहिल्यै पनि बन्द कोठामा हिटर अन गरेर ननिस्कनुहोस् । किनकी यसबाट वाहिरिने कार्वनमनोअक्साइड ग्यास मानिसको लागि निकै हानिकारक हुन्छ ।

– हिटर जलाएर पनि कहिल्यै निदाउनु हुँदैन । यसो गर्दा श्वासप्रश्वासमा बाधा उत्पन्न भएर ज्यानै जान सक्छ ।

– मुटु, श्वासप्रश्वास, खोकीजस्ता समस्या भएका व्यक्तिले एयर ब्लोअर र हिटरको प्रयोग गर्नु हुँदैन । यदि प्रयोग गर्ने हो भने कोठामा ताता पानी राख्न सक्नुहुन्छ । ताकी ब्लोअरको कारण हावा सुख्खा नहोस् ।

– छालाको लागि पनि हिटर राम्रो मानिँदैन । लामो समयसम्म हिटरमा बस्दा छाला सुख्खा भएर जाने गर्छ । त्यति मात्र नभएर रातो दाग बस्ने, चिलाउनेजस्ता समस्या पनि हुन्छ । हिटरले आँखालाई पनि सुख्खा बनाउन सक्छ । जसको कारण आखा पोल्ने जस्ता समस्या पनि निम्तिने गर्छ ।

यदि हिटर या ब्लोअरमा बस्ने बाध्यता छ भने मनतातो पानी पिइराख्नुपर्छ । त्यसको साथमा चिया, कफि, सुपजस्ता पेयपदार्थको पनि प्रयोग गर्नुस् । र, छालामा मोइस्चराइजरको प्रयोग गरिरहनुहोस् ।

हिटरको प्रयोग गर्दा

– हिटरको नजिक छिटो जल्ने खालका कुनै पनि सामाग्री राख्नुहुँदैन । जहिले पनि कागज, ब्लाइंकेट, कपडा, दाउरालगायतका सामाग्री हिटरभन्दा टाढा राख्नुपर्छ ।

– हिटरलाई त्यस्तो ठाउँमा पनि राख्नुहुँदैन । जुन बाटोबाट बढी ओहोर दोहोर गरिरहनुपर्छ । अझ ध्यान पुर्‍याउनुपर्ने विषय के हो भने हिटरलाई बच्चाले नभेट्ने ठाउँमा राख्नुपर्छ । यसलाई कडा सतहको किनारमा राख्नुपर्छ ।

– समय(समयमा चलिरहेको हिटरलाई बन्द गरिरहनुपर्छ । र, हिटर बलेको बेला ढोका र झ्याललाई पनि खुला राख्नुपर्छ । हिटर नजिक बस्नुभएको छैन भने बन्द गर्दा बेस हुन्छ ।

पानारोमा रिसोर्टमा मृत्यु

मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिका वडा नम्बर ४ सिमभञ्ज्याङस्थित होटल एभरेष्ट पानोरमा रिसोर्टमा बेहोस भएका आठै जना पर्यटकको मृत्यु भएको छ । उनीहरु वेहोस भएपछी काठमाण्डौ लगिएको थियो । काठमाण्डौको हेम्स अस्पतालका डाक्टरहरुले बेहोस रहेका आठै जनाको मृत्यु भएको घोषणा गरेका हुन् ।

सात जना र एक जना मृत्यु भएका समेतलाई काठमाण्डौ लगिएको थियो । हेलीकोप्टर मार्फत सवैलाई काठमाण्डौ लगिएको र अहिले भने मृत घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरिक्षक शुशिलसिंह राठोरले जानकारी दिनुभयो ।

मृत्युहुनेहरुमा दुई कोठा लिएर रिसोर्टमा बसेकाभारतका केरालाका ३८ वर्षीय प्रविणकृष्ण नारायण, ३५ वर्षीया शारण्‍य शशी, ३४ वर्षीय रञ्जितकुमार एपी र इन्द्र लक्ष्मी, ९ वर्षीया श्री भद्र, सात वर्षीया आर्चा प्रविण, ५ वर्षीय अभिन शौरणय नायर, २ वर्षीय बैष्णव रञ्जित रहेका छन् । अनलाईन खवरको सहयोगमा ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*