थाहानगरको पानारोमा रिसोर्टमा मृत्यु भएका पर्यटकको नामावली

जनपत्र
७ माघ २०७६, मंगलवार १२:४०

हेटौंडा । मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिका वडा नम्बर ४ सिमभञ्ज्याङस्थित होटल एभरेष्ट पानोरमा रिसोर्टमा बेहोस भएका आठै जना पर्यटकको मृत्यु भएको छ । उनीहरु वेहोस भएपछी काठमाण्डौ लगिएको थियो । काठमाण्डौको हेम्स अस्पतालका डाक्टरहरुले बेहोस रहेका आठै जनाको मृत्यु भएको घोषणा गरेका हुन् ।

सात जना र एक जना मृत्यु भएका समेतलाई काठमाण्डौ लगिएको थियो । हेलीकोप्टर मार्फत सवैलाई काठमाण्डौ लगिएको र अहिले भने मृत घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरिक्षक शुशिलसिंह राठोरले जानकारी दिनुभयो ।

मृत्युहुनेहरुमा दुई कोठा लिएर रिसोर्टमा बसेकाभारतका केरालाका ३८ वर्षीय प्रविणकृष्ण नारायण, ३५ वर्षीया शारण्‍य शशी, ३४ वर्षीय रञ्जितकुमार एपी र इन्द्र लक्ष्मी, ९ वर्षीया श्री भद्र, सात वर्षीया आर्चा प्रविण, ५ वर्षीय अभिन शौरणय नायर, २ वर्षीय बैष्णव रञ्जित रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*