पानारोमा रिसोर्टमा पर्यटक वेहोस घटनाः हेलीकोप्टर मार्फत आठै जनालाई काठमाण्डौ लगियो

हेटौंडा । मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिका वडा नम्बर ४ सिमभञ्ज्याङस्थित होटल एभरेष्ट पानोरमा रिसोर्टमा बेहोस भएका सात जना र एक जना मृत्यु भएका समेतलाई काठमाण्डौ लगिएको छ ।
हेलीकोप्टर मार्फत सवैलाई काठमाण्डौ लगिएको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरिक्षक शुशिलसिंह राठोरले जानकारी दिनुभयो । उनीहरुलाई काठमाण्डौको हेम्स अस्पतालमा लगिएको हो । होलटमा सुतिरएक जना भारतीय नागरिक मृत अवसथमा फेला परेका छन् । अरु सात जना बेहोस अवस्थामा भेटीएका थिए ।
दुई कोठा लिएर बसेका भारतीय पर्यटकहरुलाई आज बिहान बेहोस अवस्थामा फेला पारिएको हो । उनीहरू भारतको केरला प्रदेशका भएको बुझिएको छ । अचेत रहेका ८ जना पुरुषको पहिचान खुलेको छैन । ती पर्यटकहरु दुई कोठामा बसेको भए पनि बेहोस अवस्थामा एकै कोठामा भेटिएको प्रहरीले जनाएको छ ।
सात जना मध्य पाँच जनालाई एक पटकमा र अरुलाई अर्कोपटकमा गरी काठमाण्डौ लगिएको हो । भारतबाट नेपाल घुम्न आएको १५ जनाको समूहमा सम्मिलित उनीहरु मध्ये ७ जना सुतेको कोठामा एक जना भारतीय नागरिक मृत भेटिएको प्रहरीले जनाएको छ ।
चिसोबाट बच्न बालेको ग्यास हिटरबाट उनीहरु निसासिएर बेहोस भएकोहुनसक्ने प्रारम्भिक अनुमान छ । उनीहरु नागपोखरीमा रहेको इजी कम्पनीबाट हेटौंडा आएको बुझिएको छ । उनीहरु कटेजमा बसेका थिए। टोलीमा १५ जना रहेका थिए ।