बागमती प्रदेश लोकसेवा आयोगमा दुईजना सदस्य सिफारिस
आयोगका सदस्यमा सुर्दसन ढकाल र सर्मिला न्यौपाने सिफारिस हुनुभएको छ ।
हेटौंडा । बागमती प्रदेश लोक सेवा आयोगका दुईजना सदस्य पनि सिफारिस गरिएको छ । बागमती प्रदेशमा लोक सेवा आयोगका अध्यक्षको नियुक्त गरिएपनि दुईजना सदस्यको भने नियुक्ती गर्न बाँकी रहेको थियो ।
प्रदेश लोक सेवा आयोगका सदस्यमा पूर्व सहसचिव सुर्दशन ढकाल र टिचिङ अस्पतालमा अध्यापन गराउँदै आउनुभएकी सर्मिला न्यौपानेलाई आयोगको सदस्यमा सिफारिस गरिएको हो । दुवैजनालाई आजै सपथ खुवाउने तयारी गरिएको छ ।
प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठ र प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँको सिफारिसमा दुईजना सदस्य सिफारिस गरिएको हो । यसअघिनै आयोगको अध्यक्षमा सुरेशमान श्रेष्ठले काम गर्दै आउनुभएको छ ।







