बागमती प्रदेशः मन्त्रालय निर्माण गर्न जग्गा प्राप्तीको प्रक्रियामा

जनपत्र
६ माघ २०७६, सोमबार ०८:२९

हेटौंडा । बागमती प्रदेशका मन्त्रालयहरु निर्माण गर्नका लागि जग्गा प्राप्तीका लागि खोजी भइरहेको छ । हेटौंडा ९ मा रहेको सिमेन्ट उद्योगको जग्गामा मुख्यमन्त्री कार्यालय सहित सवै मन्त्रालय निर्माण गर्न पुग्ने जग्गा भएपनि उद्योगको नाममा जग्गा भएकाले प्रदेश सरकारको नाममा ल्याउनका लागि प्रक्रिया सुरु भएको छ ।

प्रदेशको स्थायी राजधानी र नामाकरण भएपछी प्रदेशका मन्त्रालय निर्माणका लागि जग्गा प्राप्तीको प्रक्रिया सुरु गरिएको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले वताउनुभयो ।

अहिले भइरहेको मन्त्रालय कार्यालयहरु राख्न उपयुक्त भएपनि विभीन्न मन्त्रालयहरु राख्नका लागि समस्या भएकाले जग्गाको खोजी भइरहेको हो । मन्त्रालयका लागि जग्गा पहिल्याएपनि जग्गा प्राप्तीका लागि पहल भइरहेको वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले वताउनुभयो ।

अहिले मुख्यमन्त्री कार्यालय र विभीन्न मन्त्रालयहरु फरक फरक स्थानमा रहेका छन् । अव एउटै स्थानमा सवै मनत्रालयहरु र प्रदेशसभाको भवन निर्माण गर्नेगरी काम थाल्ने तयारी भएको छ ।

सवै मन्त्रालयहरु निर्माणका लागि अहिले डीपीआर निर्माण गर्ने, यसका लागि सवै तयारी थाल्ने र काम आउँदो वर्षको वजेट मार्फत गराउने तयारी भएको मुख्यमन्त्री पौडेलले वताउनुभयो । मन्त्रालयका भवन निर्माण गर्नुभन्दा पहिलेनै धेरै काम गर्नुपर्ने भएकाले यसको तयारीमा जुटेको उहाँले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*