हेटौंडाको हर्नामाडीमा युवतीको सव, हत्या आसंकामा श्रीमान पक्राउ
हेटौंडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १८ हर्नामाडी जयतार स्थित पन्चकन्या विद्यालय नजिक एकजना युवतीको सव स्थानीय वासिन्दाले फेला पारेर प्रहरीलाई खवर गरेका छन् ।
हेटौँडा १८ की २० वर्षीय मिना अधिकारीको सव प्रहरीले नियन्त्रणमा लिएर हेटौंडा अस्पतालमा ल्याएको छ । घर नजिकैको गहुँबारीमा मिनाको सव फेला परेको थियो ।
मिनाको हत्या गरेर सव फालिएको स्थानीय वासिन्दाहरुले आरोप लगाएका छन् । मिनाको हत्या गरेको आसंकामा उनका श्रीमान एकराज अधिकारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक शुशीलसिंह राठोरले जानकारी दिनुभयो । यस विषयमा थप अनुसंधान भइरहेको प्रहरीले जनाएको छ ।







