हेटौंडाका युवा, युवती गाँजाको लतमा फस्दै, सात जना पक्राउ

जनपत्र
४ माघ २०७६, शनिबार १४:१०

हेटौंडा । मकवानपुरको हेटौंडामा विद्यालय र प्लसटु पढ्दै गरेका युवा युवतीहरु गाँजाको लतमा फस्न थालेका छन् । क्याम्पस जाने भन्दै जंगलमा जाने, क्याम्पसका सांचालयमा गएर समेत जाँजा खाने गरेको पाइएको छ । अभिभावक र शिक्षकका आँखा छल्दै उनीहरु गाँजाको लतमा फस्न थालेको जिल्ला प्रहरी कार्यालय मकवापनुरले जनाएको छ ।

मकवानपुरले प्रहरीले लागुऔषध र सेवन गर्न प्रयोग गर्ने सामानसहित ७ जनालाई पक्राउ गरेको छ । शुक्रबार साँझ हेटौँडा–९ शान्तिटोलस्थित सुरेश त्रिपाठीको मानिस बसोबास गर्ने घरमा शंकास्पथ अवस्थामा बसिरहेका उनीहरुलाई जाँच गर्दा लागुऔषध र सामानसहित ५ जना युवा र २ किशोरी पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरु हेटौँडाका विभिन्न क्षेत्रका छन् । इलाका प्रहरी कार्यालयको टोलीले उनीहरुको साथबाट लागु औषध गाँजा ५७० ग्राम, लागु औषध गाँजाको धुलो ८० ग्राम, बाँसमा कालो टेपले बेरेको चिमनी १ थान, माटोको चिमनी १ थान, लाईटर १ थान, मूर्तिजस्तो देखिने चिमनी १ थान, ग्याँस रिफिल ३०० एमएलको थान १, २ वटा स्कुटर र एउटा मोटरसाइकल बरामद भएको छ । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भईरहेको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*