हेटौंडामा मनाइयो पाँचौं राष्ट्रिय योग दिवस
हेटौंडा । पाँचौं राष्ट्रिय योग दिवस हेटौंडामा आज विभिन्न कार्यक्रम गरेर मनाईएको छ । बागमति प्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय र पतंजलि योग जिल्ला समितिको संयुक्त आयोजनामा राष्ट्रिय योग दिवस मनाईएको हो ।
हेटौंडा–४ हुप्रचौर स्थित पशुपति मन्दिरको सभाहलमा भएको कार्यक्रममा योग अभ्यास गर्नुका साथै हामीले प्रयोग गर्ने आहार विहारको बिषयमा चर्चा गरीएको थियो । हामीले प्रयोग गर्ने खानामा संतुलन गर्न सके र नियमीत व्यायाम गरेमा धेरैजसो रोगबाट बच्न सकिने बताईएको छ । कार्यक्रममा योगको माध्यमबाट स्वस्थ रहन सकिने भएकाले योग अभ्यास आवश्यक भन्ने विषयमा चर्चा गरिएको थियो ।

कार्यक्रममा प्रदेश सभास्य प्रेम पुलामी, मुनु सिग्देल, जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, स्वास्थ्य निर्देशक रमेश प्रसाद अधिकारी, डा अर्जुन प्रसाद सापकोटा, ब्रह्म कुमार विजय भाईजी, पतञ्जली योग समिति मकवानपुरका अध्यक्ष रामकृष्ण थापालगायत जिल्ला स्थित विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधिहरुको उपस्थिति थियो ।
कार्यक्रममा उपस्थितिहरुले संघीय तथा प्रदेश सरकारको योजना अनुसार मकवानपुर जिल्लालाई योग युक्त जिल्ला घोषणा गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो । यसैगरी हेटौंडा ७ मा आज योग शिवीरको उद्घाटन् गरिएको छ । पाँचौं राष्ट्रिय योग दिवसका अवसरमा योग शिवीर गरिएको हो । योग शिवीरको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले उद्घाटन् गर्नुभयो । सवैलाई शारिरिक व्याम गर्दै योग गर्नका लागि पनि उहाँले आग्रह गर्नुभयो । आफ्नो शरिर तन्दुरुत राख्नका लागि विहान व्याम गर्ने, दौडने गर्नका लागि मेयर महतले सुझाव दिनुभयो ।







