संबिधानमा कर्तव्य पालनाको तुलनामा अधिकार धेरै छ–मन्त्री दुलाल

हेटौंडा । बागमती प्रदेका सामाजिक विकास मन्त्री युवराज दुलालले नेपालको संबिधानमा कर्तव्य पालनाको तुलनामा अधिकार धेरै भएको वताउनुभएको छ ।
राष्ट्रिय महिला आयोगको आयोजनामा सिड महासन्धी अन्तरगतको नेपालको छैठांै आवधिक प्रतिवेदन उपर प्राप्त निस्कर्ष, टिप्पणी कार्यान्वयन सम्वन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रमको उद्घाटन् गर्दै उहाँले यस्तोकुरा वताउनुभएको हो ।
महिलाहरुका लागि समान अधिकार दिनुपर्ने उहाँको धारणा छ । अहिले स्थानीय तहमा समान सहभागिता भएपनि अरु क्षेत्रमा महिलाहरुको समान सहभागिता घट्दै गएको मन्त्री दुलालले वताउनुभयो । लैङ्गिक विभेद हटाएर अधिकार दिने क्षेत्रमा प्रदेश सरकारले काम गर्दै गरेको उहाँले वताउनुभयो ।
आयोगका सचिव दिपेन्द्र काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला अदालत मकवानपुरका न्यायधिश डिल्लीरत्न श्रेष्ठले प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा प्रदेश र मकवानपुरका विभीन्न संघसंस्थाहरुको सहभागिता रहेको थियो ।