राजधानी हेटौंडाको पक्षमा दुइतिहाइको निर्णय

सांसदहरु अझै आफ्नै जिल्लामा राजधानी चाहियो भनेर संसदमा उर्लदै
जनपत्र
२५ पुष २०७६, शुक्रबार १९:१८

हेटौंडा । प्रदेश नम्बर ३ को स्थायी राजधानी हेटौंडाको पक्षमा प्रदेशसभामा दुईतिहाइ वहुमत रहेको प्रदेशसभामा नेकपा संसदीय दलको वैठकले निर्णय गरिसक्दा पनि सांसदहरु आफ्नै जिल्लाका पक्षमा दिउसोभरी भाषण गरे । प्रदेश सभामा दिउसो ३ वजेबाट सुरु भएको वैठकमा प्रदेश राजधानी आफ्नै जिल्लामा चाहिन्छ भन्दै भाषण गरेका छन् । धेरै सांसदले हेटौंडा राजधानी उपयुक्त छ भने पनि आफ्ना जिल्लाका नागरिकलाई सुनाउनका लागि पनि राजधानी आफ्नै जिल्लामा उपयुक्त रहेको वताएका छन् ।

प्रदेश ३ प्रदेशसभा बैठकमा बोल्दै प्रदेशसभा सदस्य कुमारी मोक्तानले राजधानी जहाँ रहेता पनि जनताको सेवा सर्वशुलभ, बिना कठिनाई र छिटोछरितो बनाउनु पर्ने बताउनुभयो । उहाँले राजधानी हेटौंडाबाट सारेर प्रदेश सरकारलाई भार थप्न नहुने बताउनुभयो । राजधानी आउन जनतालाई कठिनाई भए सरकारले सडक सञ्जाल गुणस्तरीय बनाउनु पर्ने बताउनुभयो ।

प्रदेश ३ प्रदेशसभा बैठकमा बोल्दै प्रदेशसभा सदस्य तथा पुर्वमन्त्री केशव स्थापितले यो राजधानी सम्भाव्यता अध्ययन समितिले ५ वटै स्थानमा राजधानी राख्न सम्भावना देखेको बताउनुभयो । हेटौंडादेखि चितवनसम्म राजधानी बनाउनु पर्ने धारणा उहाँको छ । ८ लेनको सडक, चुरेलाई संरक्षण गर्दै चितवनसम्म राजधानी बनाउँदा सबैलाई पायक पर्ने बताउनुभयो ।

मुख्यमन्त्रीलाई छाती ठूलो बनाएर चितवनको रत्ननगरसम्म राजधानी बनाउन आग्रह गर्नुभयो । मुख्यमन्त्री भएकै ठाउँमा हेटौंडाको मुल बाटो साँघुरो भएको बताउनुयो । उहाँले आफ्नै मुल सडक भत्काउन नसक्ने मुख्यमन्त्रीको के आश गर्ने भन्दै प्रश्न गर्नुभयो । प्रदेश ३ प्रदेशसभा बैठकमा बोल्दै मकवानपुरकी सांसद जुनेली श्रेष्ठले हेटौंडालाई राजधानी तोक्न सत्तापक्ष र विपक्ष सबै एकमत हुनुपर्ने बताउनुभयो ।

३ प्रदेशसभा बैठकमा बोल्दै नुवाकोटबाट निर्वा्चित नेपाली कांग्रेसकी सांसद कमला नेपालले प्रदेशको राजधानी नुवाकोट बनाउनु पर्ने बताउनुभयो । नुवाकोट सडक, सञ्जाल, प्रस्तावित सुरुङमार्ग, विद्युतलगायतका दृष्टिकोणले राजधानी उपयुक्त भएको बताउनुभयो । नुवाकोटको पक्षमा मतदान गर्न सबै सांसदहरुलाई आग्रह गर्नुभयो । प्रदेश ३ प्रदेशसभा बैठकमा बोल्दै भक्तपुरबाट निर्वा्चित नेपाली कांग्रेसकी सांसद रजनी अमात्यले सबै जिल्लाको लागि भक्तपुर राजधानी उपयुक्त हुने बताउनुभयो ।

भक्तपुरलाई राजधानी राख्नको निम्ति सरकारको तर्फबाट स्थलगत परिक्षणले उपयुक्त ठानेको बताउनुभयो । संघीयताको मुलमर्म अनुसार भक्तपुरलाई राजधानी बनाउनु पर्ने उहाँको भनाई थियो । जनताको भलो, सुख, शान्तिलाई हेर्नुपर्ने भन्दै १३ वटै जिल्लालाई भक्तपुर राजधानी उपयुक्त हुने धारणा राख्नुभयो । प्रदेश ३ प्रदेशसभा बैठकमा बोल्दै प्रदेशसभा सदस्य भिमसेन खत्रीले प्रदेशका धेरै जनताको मत काभ्रेलाई राजधानी बनाउने पक्षमा रहेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*