क्रिकेट रंगशालाका निर्माणमा हेटौंडा उपमहानगरपालिकाद्वारा ३० लाख हस्तान्तरण

जनपत्र
२२ पुष २०७६, मंगलवार १८:५१

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले धुर्मुश सन्तुली फाउन्डेशनले चितवनको भरतपुरमा निर्माण गर्दै गरेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाका लागि ३० लाख रुपैयाँ सहयोग गरकम आज एक समारोहका विच हस्तान्तरण गरेको छ । हिजो मात्र घोषणा गरेको तीस लाख रुपैयाँको चेक आज हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुस र कुन्जना घिमिरे सुन्तीलालार्ई हस्तान्तरण गर्नुभयो ।

करिव ३ अर्ब रुपैयाँ लागतमा निर्माण गर्न लागिएको क्रिकेट रंगशालाका लागि तीनै तहका सरकार तर्फको यो लगानी हेटौंडा उपमहानगरपालिकाको पहिलो हो । तीनै तहका सरकारले रंगशाला निर्माण गर्नकालागि सहयोगको आश्वासन दिएपनि सहयोग रकम भने हस्तान्तरण गरेका छैनन् । तर, देशभरी रहेका ७ सय ५३ वटा स्थानीय तह, सात वटा प्रदेश सरकार र संघीय सरकार मध्य पहिलो पटक हेटौंडा उपमहानगरपालिकाले सरकारी तर्फको सहयोग हस्तान्तरण गरेको धुर्मुस सुन्तली फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले वताउनुभयो ।

अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि धेरै व्यक्ति संघ, संस्था, विदेशमा रहेका नेपालीहरुले सहयोग गरेपनि तीनै तहका सरकारले भने सहयोग हस्तान्तरण गरिसकेका थिएनन् । अहिले सम्म रंगशाला निर्माणको काम व्यक्ति संघ, संस्थाहरुले सहयोगले मात्र भएको छ । तर, रंगशाला निर्माणको काम तिव्रगतिमा अगाढी वढाउनका लागि सहयोग पुगोस भन्ने उदेस्यले सहयोग गरेको मेयर महतले वताउनुभयो ।

सवै तहका सरकारको सहयोग यही रकेटको गतिमा हुने हो भने तोकिएको समय भन्दा अगावै काम सकिने अध्यक्ष कट्टेलले वताउनुभयो ।
क्रिकेट रंगशाला निर्माण गर्ने काम तिव्र गतिमा अगाढी वढेकाले यसलाई सवै सरकारले उत्तिकै सहयोग गर्नुपर्ने वताउँदै मेयर महतले भन्नुभयो–‘सरकारले गर्नु पर्ने काम कलाकारहरु आएर गर्नुभएको छ । यो ठुलो काममा थोरै भनेपनि स्थानीय सरकारले सहयोग गरौ भनेर रकम लिएर आएका हुँ । फेरी पनि यो अभियानमा सहयोग निरन्तर गर्ने छौ ।’

सरकारी सहयोग हस्तान्तरण भएकोमा भावुक वने धुर्मुस- सुन्तली

रंगशाला निर्माणका लागि भरतपुर महाँनगरपालिकाले रकम दिने भनेर घोषणा गरेपनि हाल सम्म पनि दिएको छैन । त्यसैगरी प्रदेश ३ सरकारले पनि रैगशाला निर्माणका लागि रकम सहयोग गरेको छैन । पहिलो पटक सरकारी रकम प्राप्त गरेकोमा भावुक हुँदै सिताराम कट्टेलले भन्नुभयो–‘धेरै आश्वासन आएका छन् । तर, पनि सहयोग भने आएमो छैन । सरकारी सहयोग रकम हस्तान्तरण गर्ने पहिलो सरकारी निकाय हेटौंडा उपमहानगरपालिका हो । अहिले काम सुरुवातको समयमा धेरैले विश्वास पनि नगरेका होलान तर, काम देखिएपछी धेरैले सहयोग पनि गर्नुहोला अहिले गरेको सहयोग महत्वपूर्ण हुने छ ।’

फाउन्डेशनका उपाध्यक्ष कुन्जना घिमिरे सरकारी तर्फको पहिलो रकम घोषणा गरेको दोस्रो दिनमानै हस्तान्तरण गरेकोमा निकै खुसी संगै भावुक समेत वन्नुभयो । उहाँले भन्नुभयो–‘जनताले तिरेको करको रकम स्थानीय सरकारले सहयोग गरेकोमा हामी निकै खुसी छौ । सरकारी वजेट तर्फबाट सहयोग संगै व्यक्ति र संघसंस्थाको सहयोगबाटनै हामिले यो काम सुरु गरेका हौं । पहिले धेरै जना हेर्न आएर यो काम कसरी संभव होला भन्नेहुरुलाई हामिले प्रमाणित गरेर देखाउँदै छौ । विशेषत धुर्मुसको अथक प्रयासबाट यो संभव भएको हो । म पनि धेरै चिन्तीत हुन्छु तर, उहाँको प्रयाशबाट काम गरिरहेका छौ । रंगशाला निर्माणमा दिनहुँ तीन सय जना कामदार काम गरिरहेका छन् ।

चितवनको भरतपुर महानगरपालिकास्थित कृषि तथा वन विश्वविद्यालय परिसर भित्रको शान्ति चोकमा रहेको २० बिघा ६ कठ्ठा क्षेत्रफलमा रहेको जमिनमा २५ हजार दर्शक क्षमताको अत्याधुनिक सुविधासम्पन्न रंगशाला निर्माण गर्न लागिएको छ । मौलिकतासहित निर्माण हुन लागेको रंगशाला स्तुपा आकारको हुनेछ भने क्रिकेट मैदान फुलेको कमल फूल आकारको हुनेछ। जसले अन्तर्रा्ष्ट्रिय क्षेत्रमा ख्याति कमाएका खेलाडीहरूलाई मुस्कुराउँदै स्वागत गर्नेछ। शान्त बग्ने नारायणी नदी र सुन्दर हिमालको समेत दृश्य हेर्न सकिने रंगशाला नेपालको पहिचानको रंगशाला बन्नेछ। रंगशाला प्रवेशद्वारमै पाथिभरा, बुढासुब्बा, हलेसी, जनकपुरधाम, बडिमालिका, पशुपति, बौद्ध स्वयम्भुनाथ, विन्दबासिनी, सिद्धबाबा, स्वर्गद्वारी, लुम्बीनीसहित सिंगो नेपालले स्वागत गरिरहेको हुनेछ।

विश्वस्तरीय प्याराफिटमा बसेर खेल हेर्न सकिनेछ। यो रंगशालामा चार वटा ढोका हुनेछ। १३५ मिटर ब्यासमा बन्ने रंगशालामा देश विदेशबाट आउने विशिष्ट व्यक्तिका लागि विशेष लबिको व्यवस्था हुनेछ। ठाउँ ठाउँमा हुने एलइडी स्क्रिनबाट खेललाई अझै नजिकबाट नियाल्न सहयोग पुग्नेछ। स्पेशल फर्डलाइट जडान गरिएको मैदानमा दिन र रातको फरक हुनेछैन।नेपालमा हुने विश्वस्तरीय खेल नेपालबाट प्रत्यक्ष प्रशारणका उत्कृष्ट मिडिया सेन्टर स्थापना हुनेछ। यसबाट नेपालको मौलिकताको पनि प्रचार हुनेछ। जसले नेपालको पर्यटन विकासमा ठूलो भूमिका हुनेछ। अन्तर्रा्ष्ट्रिय मापदण्डमा बनेको आफ्नैपन झल्कने नेपाली जनताको सहयोगबाट बनेको विश्वकै नमूना र जनस्तरबाट निर्माण भएको पहिलो रंगशाला हुनेछ।

मल्टी प्रपोजको रंगशालामा क्रिकेटबाहेक फुटबल, भलिबल, बास्केटबल, ब्याडमिन्टन, तेक्वान्दो, डन्डी बियो, स्विमिंगलगायतको खेल खेल्न सकिने फाउण्डेसनले जनाएको छ। खेल अभ्यासका लागि दुई वटा छुट्टै खेल मैदान निर्माण हुनेछन्। खेलाडीहरू बस्ने कक्ष, आराम कक्षलगायत विशेष सुविधासहितको हुनेछ। बाहिर रहेका पाटेबाघ, एक सिंगे गैडा, हात्ती लगायतका लोपोन्मुख जीवजन्तुको भातुका मुर्तिले पनि विशेष शोभा बढाउनेछ।

गौतम बुद्धका विषयमा भएका कतिपय भ्रम चिर्न र वास्तविकता विश्वलाई चिनाउन, पर्यटन हब बनाउन कृषि उपजहरूको उत्पादन बढाउन र विश्वको ध्यान तान्न विशेष सहयोग र्पुयाउनेछ। यस्तै ७७ वटै जिल्लामा छरिएर रहेका नव प्रतिभाहरूलाई छनोट गरी अन्तर्रा्ष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडीको विकास गर्न एकेडेमीको रूपमा यसलाई विकास गरी स्पोर्ट हब बनाउने फाउन्डेसको लक्ष्य रहेको छ। देश–विदेशका नेपालीहरुबाट प्राप्त हुने स्वैच्छिक सहयोगबाट आर्थिक स्रोत जुटाइ निर्माण हुने रंगशालाको लागत ३ अर्ब रुपैयाँ अनुमान गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*