मकवानपुरको राक्सीराङ् गाउँपालिकाका कृषक मौरी पालनमा उत्साहित

जनपत्र
२१ पुष २०७६, सोमबार २०:००

हेटौंडा । मकवानपुरको विकट राक्सीराङ् गाउँपालिकाका वासिन्दाहरु मौरी पालन क्षेत्रमा उत्साही भएर लागेका छन् । नारी सीप सृजना केन्द्र नेपालको आयोजना तथा सागर मौरी पालन उद्योगको प्रविधिक सहयोग र राक्सिराङ्ख गाउपालिका वडा नं ८ को समन्वयमा संचालन भएको मह उद्यम विकास परियोजना अन्तर्गत ५ दिन मौरी पालन सम्बन्धीे तालिम राक्सिराङ्ख गाउपालिका वडा नं ८ को परेवाटारमा सम्पन्न भएको छ । उनीहरुले यस कार्यक्रममा मौरीपालनको क्षेत्रमा आफुहरु लाग्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

अक्सफाम नेपालको आर्थिक सहयोगमा संचालन भएको तालिम राक्सिराङ्ख गाउपालिका वडा नं ८ का २० जना मौरी उद्यमीहरुको सहभागीतामा सम्पन्न भएको थियो । उतm तालिममा आधुनिक मौरी पालन व्यवसायमा आवश्यक पर्ने सामाग्रीहरु, मौरीको जीवन चक्र, मौरीमा लाग्ने प्राकृतिक सत्रु, त्यसबाट बच्ने उपाय, मौरीमा हुने हुल छुट, गृह त्यग, रानी कोष उतपादन र व्यवस्थापन, मौसम अनुसार गोला व्यवस्थापन तथा प्राकृतिक सत्रुबाट कसरी बचाउने भन्ने बारेमा प्रशिक्षक प्रकाश अधिकारी र दया सागर सुवेदिबाट प्रशिक्षण गरिएको थियो ।

तालिममा सहभागी भएका सहभागीहरुले तालिम पश्चात परम्परागत रुपमा खोपे तथा मुडे घारमा पाल्दै आइरहेका मौरीपालनलाई आधुनिक तरिकाले व्यवसायीक रुपमा अगाडी बढाउने प्रतिवद्धता गरिएको थियो । कार्यक्रममा नारी सीप सृजना केन्द्र नेपालका कार्यकारी निर्देशक चिरञ्जिबी पौडेलले मौरीपालनमा किसान उत्साहीत भएको जानकारी दिनु भयो ।

परियोजनाका फोकल व्यति सुन्तलि माया चेपाङको अध्यक्षतामा सम्पन्न भएका उतm तालिमका प्रमुख अतिथि वडा नं ८ का वडा अध्यक्ष रामकृष्ण प्रजाले मौरी पालन व्यवसाय एउटा वैधानिक भएको र राक्सिराङ्खमा हुने गाँजा खेतिलाई विस्थापित गर्ने महत्वपूर्ण आधार रहेको बताउनु भयो ।

किरा पालेर हिरा उब्जाउन सक्ने यो व्यवसाय चेपाङहरुको लागी अतिनै महत्वपूर्ण रहेको बताउदै मौरी पालन गर्ने कृषकको लागी वडा बाट विभिन्न अनुदानका कार्यक्रम राख्दै चेपाङहरुक आर्थिक उन्नतिको लागी संधै जडा तत्पर रहेको बताउनु भयो ।

समापनको क्रममा वोल्दै उहाँलेकृषकहरु सकृय रुपमा अगाडी बढदै गएमा वडाबाट पनि उनीहरुलाई अनुदानका कार्यक्रममा सहभागी गराउने प्रतिवद्घता व्यक्त गर्नुभयको छ ।

तालिमको समापन संगै उक्त तालिमका सहभगीहरुले सक्रिय भई मौरी पालन कृषक समुह युसाई प्रजाको संयोजगत्वमा गठन गरेका छन् । उक्त समुहले दिनहरुमा वडा, नारी सीप सृजना केन्द्र नेपाल र सागर मौरी पालन उद्योग सँग सहकार्य गर्दै अघि बढ्ने योजना बनाएको छ । कृषकहरुको लागी सकृय रुपमा अगाडी बढदै गएमा वडाबाट पनि उनीहरुलाई आर्थिक सहयोग गर्ने जानकारी पनि गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*