हेटौँडालाई स्थायी राजधानी बनाउन उर्लिए युवा, प्रदेश ३ को नाम नेवा–ताम्सालिङ कायम गर्नुपर्ने माग राख्दै प्रदर्शन
हेटौँडा । प्रदेश नंबर ३ को राजधानी हेटौँडालाई तोक्नुपर्ने भन्दै आज हेटौँडामा शान्तिपूर्ण र्यालीको गरिएको छ । व्यानर र प्लेकार्ड सहित सडकमा निस्कीएका युवाहरुको टोलीले सांसदहरुको ध्यानाकर्षण गराउन पनि सांकेतिक दवाव सृजना गरेको थियो ।
विभिन्न सामजिक संघसस्थाहरुको आयोजनामा भएको र्यालीमा सयौजना सहभागि भएका छन् । हेटौँडाको बुद्धचोकबाट भएको र्यालीले हेटौँडालाई स्थायी राजधानी बनाउन समेत दवाव श्रृजना गर्ने जनाईएको छ ।
हेटौंडाको बुद्धचोकमा जम्मा भएर मकवानपुर उद्योग वाणिज्य संघ, लोकतान्त्रिक खेलकुद संघ मकवानपुर, युवासंघ ,हेटौंडा जेसिज, हेटौंडा लेडि जेसिज, हेटौंडा युवा अभियान, हेटौंडा राइडर्स क्लब, मकवानपुर जागरण अभियान, लगायत ३ दर्जन संघ संस्थाको सहभागितामा दबाबमुलक ¥याली निकालेको हो ।
¥याली हेटौंडा बजारको विभिन्न भाग हुँदै प्रदेशसभासम्म पुगेको थियो । प्रदेशबासीको जीत राजधानी हेटौंडा उचित भन्ने नाराका साथ प्रदेश सभा भवन अगाडी सांसदहरुको ध्यानाकर्षण गराइएको थियो ।
यसैगरी काठमाण्डौमा नेवा-ताम्सालिङ समन्वय समितिले प्रदेश ३ को नाम बाग्मती प्रदेश राख्ने निर्णयकाे विराेधमा प्रदर्शन गरेकाे छ।
समितिले प्रदेशकाे नाम बहुपहिचानको आधारमा नेवा-तामसालिङ घोषणा गर्नुपर्ने मागसहित माइतीघरमण्डलामा प्रदर्शन गरेको हाे। बागमती प्रदेश कुनै पनि हालतमा स्वीकार्य नहुने समितिले जनाएकाे छ।
‘सरकारले जनताले दिएको जनमतको दुरुपयोग गरेको छ। हाम्रो सभ्यता, संस्कृति मेट्न पाइँदैन,’ आन्दाेलनमा सहभागी नेपाल तामाङ घेदुङका केन्द्रीय अध्यक्ष मोहन गोलेले भने, ‘बहुपहिचानका आधारमा राज्यको नाम राख्नुपर्छ।’ उनले केपी ओली नेतृत्वकाे सरकारले दुई तिहाइको दम्भ देखाएर मनोमानी ढङ्गले प्रदेशको नामाकरण गर्न खाेजेको आरोप लगाए।
नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष जगत बरामले पहिचानविपरीतकाे नामाङ्कन गरिए कडा आन्दाेलनमा उत्रने चेतावनी दिए। प्रदेश ३ को नाम नेवा-ताम्सालिङ घोषणा गरिनुपर्नेमा उनले जाेड दिए।
माैलिक पहिचानको आधारमा प्रदेशको नाम राख्नुपर्नेमा बाग्मती राखेर पहिचान मेट्न खोजेको समितिले आरोप लगाएको छ।









