कानून राम्रो वनेमा सरकार राम्रोसंग चल्छ–सभामुख श्रेष्ठ

जनपत्र
२१ पुष २०७६, सोमबार १२:५५

हेटौंडा । प्रदेश नम्बर ३ का सभामुख सानुकुमार श्रेष्ठले ऐन, कानून राम्रो वनेमा सरकार राम्रो संग चल्ने वताउनुभएको छ । उहाँले त्यसैले ऐन वनाउँदानै ध्यान दिनुपर्ने वताउनुभयो ।

श्रेष्ठले नारा जुलुस गरेर भन्दा पनि छलफल गरेर ऐन कानुनमा भएको समस्यालाई समाधान गर्नुपर्ने वताउनुभयो । प्रदेश मामिला समिति तथा नेपाल कानुन समाजको संयुक्त आयोजनामा आज हेटौँडामा भएको नेपाल मिडिया काउन्सील सम्बन्धी कानुनलाई संसोधन र एकिकरण गर्ने बनेको विधेयकबारे संवाद कार्यक्रममा बोल्दै सभामुख श्रेष्ठले ऐनले समस्या आयो भन्दैमा मुद्धा हाल्नु भन्दा छलफल गरेर कानुनमा भएका वाधा अड्चन हटाउन सकिने बताउनुभयो ।

यो विधेक वन्दा पत्रकारहरुले दिएमो सुझाव कार्यान्वयन हुने उहाँले वताउनुभयो । नेपाली मिडियाले गहन अध्ययन गरेर कानुनको विषयमा मिडिया मार्फत ब्याख्या गर्नुपर्ने भन्दै उनले ऐनको विषयमा धेरै छलफल आवश्यक रहेको बताउनुभयो । हाल सम्म प्रदेशसभामा ४५ वटा विधयक वनेको वताउनुभयो । कार्यक्रममा राष्ट्रिय सभा तथा प्रदेशसभाका सांसदहरु, सरोकारवाला पत्रकारहरु लगायतकाको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*