हेटौंडाको नेवारपानीबाट २१ किलो गाँजासहित २ जना पक्राउ

जनपत्र
२० पुष २०७६, आईतवार १२:४४

हेटौँडा । हेटौंडा १९ नेवारपानीबाट प्रहरीले लागू औषध गाँजा सहित दुईजनालाई पक्राउ गरेको छ । भारतिय नम्बर प्लेटको कार सहित गाँजा वरामद गरेको हो ।

पक्राउ पर्नेमा कार चालक धनुषाको मुखियापट्टी गाउँपालिका वडा नम्बर ६ का ४२ बर्षीय अशोककुमार यादव र मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ९ का ४० बर्षीय राजकुमार मोक्तान रहेका छन् ।

इलाका प्रहरी कार्यालय नेवारपानी अगाडि भएको चेकजाँचका क्रममा मनहरीतर्फबाट हेटौँडातर्फ आउँदै गरेको बिआर०६बिजि ९५१२ नम्बरको कारको डिग्गीमा ५ वटा प्याकेटमा गाँजा बरामद भएको मकवानपुरका प्रहरी उपरीक्षक सुशिलसिंह राठौरले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*