मकवानपुरको दामन, सिमभन्ज्याङमा हिमपात

दिपकसिंह रुम्वा
२० पुष २०७६, आईतवार १२:३२

दामन । मकवानपुरको थाहा नगरपािलकामा रहेको पर्यटकिय क्षेत्रमा गएराती निकै हिमपात भएको छ । राती पानी पनि परेकाले हिमपात भएको हो ।

पर्यकीय क्षेत्र थाहा नगरपालिकाको दामन सिमभन्ज्याङमा हिमपात भएको छ । गएराती दामन सिमभनज्याङ सहित नगरको कोटथुम्की, केशरी भन्ज्याङ, भाङखोरिया, मूलाबारी चौरु लगायतको क्षेत्रमा बाक्लो हिमपात भएको छ ।

हिउँपरेसंगै दामन सिमभन्ज्याङ क्षेत्रमा राती बसेका पर्यटकहरु बाहिर निस्केर हिउँ खेलेका थिए । अहिले विहानैबाट हिउँ पारखीहरु दामन सिमभन्ज्याङ पुग्न थालेका छन् । विशेषगरी हेटौंडा, चितवन लगायतका जिल्लाबाट दामनमा हिउँखेल्नेहरु आउन थालेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*