हेटौंडामा धेरै उद्योग भित्रयाएर रोजगारीको सृजना गरौं–मेयर महत
हेटौंडा । उद्योग संघ मकवानपुरको नव निर्मीत भवनको आज उद्घाटन् गरिएको छ । कुल ९५ लाख रुपैयाँ लागतमा निर्माण गरिएको भवनको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले उद्घाटन् गर्नुभयो ।
कार्यक्रममा मेयर महतले हेटौंडामा उद्योग धेरै खोलेर रोजगारी सृजना गर्नुपर्ने वताउनुभयो । अहिले सानो कामका लागि पनि रोजगारी नपाएर समस्या भएको वताउँदै मेयर महतले भन्नुभयो–‘उपमहानगरपालिकाको सफाइ कर्मचारी माग्दा समेत स्नाकोक्त तह पास गरेकाहरु कामका लागि आइरहेका छन् । यस्तो अवस्थामा उद्योग धन्दा फस्टाएमा रोजगारीको वातावरण तयार हुने थियो ।’

हेटौंडामा उद्योग भित्रयाउन के गर्न सकिन्छ स्थानीय सरकार तयार रहेको वताउँदै मेयर महतले भन्नुभयो–‘हेर्टौंडामा उद्योग भित्रयाउनका लागि गर्नुपर्ने काम के छ त्यो हामी स्थतानीय सरकारले गर्न तयारी छौं । उद्योगिले सल्लाह र सुझाव दिनुहोस ।’ रोजगारी अभावका कारण विदेश पलाएन हुनुपर्ने समस्या रहेको मेयर महतले वताउनुभयो ।

सुविधा सम्पन्न कोठाहरु, हल सहित निर्माण भएको भवनमा ९५ लाख खर्च भईसकेको र अझै भित्री काम गर्न २० लाख रुपैयाँ भन्दा वढी रकम लाग्ने उद्योग संघ मकवापनुरका अध्यक्ष नवराज अर्यालले वताउनुभयो ।
कार्यक्रममा उद्योग संघका पूर्व अध्यक्षहरु माधव अधिकारी, ऋसीराबम घिमिरे, नेपाली काग्रेश मकवापनुरका सभापति रामचन्द्र अर्याल माइकल, नारायणी यातायात व्यावसायी संघ हेटौंडाका निवर्तमान अध्यक्ष वद्री चौलागाई लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।








