नेपाल भ्रमण वर्षः प्रदेश ३ का पर्यटकिय गन्तव्य

पर्यटन वर्षमा प्रदेश सरकारको आजको कार्यक्रम यस्तो छ ।
हरि हुमागाईं
१६ पुष २०७६, बुधबार ०६:१०

मकवानपुर । प्रदेश ३ सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै एक अर्ब ६५ करोड रुपैयाँ बराबरको बजेट पर्यटन प्रवर्द्धनका लागि खर्च गर्ने भएको छ ।

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको पर्यटन आयोजनामार्फत काम गर्न लागिएको हो । उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री अरुणप्रसाद नेपालका अनुसार पर्यटकीय क्षेत्रको प्रचार प्रसारका कामसँगै चालु आर्थिक वर्षमा तीनवटा हिल स्टेशन निर्माण गर्ने र अरु चारवटा हिल स्टेशन निर्माण गर्ने तयारी रहेको छ ।

यस्तै मन्त्रालयले १३ वटा पर्यटन ग्राम निर्माण गर्ने, १० वटा पर्यटकीय गन्तव्यका रुपमा काम गर्ने तयारी पनि गरिएको छ । पर्यटन प्रवर्द्धनको काम तल्लो स्तरसम्म पनि गर्दै लैजाने तयारी गरिएको मन्त्री नेपालले बताउनुभयो ।

मन्त्रालयले ‘भ्रमण वर्ष २०२०’ का अवसरमा एक दर्जन कार्यक्रमको तालिका पनि सार्वजनिक गरेको छ । भ्रमण वर्षको उद्घाटनका दिन अर्थात् जनवरी १ मा काठमाण्डौको ठमेल र चितवनको सौराहामा भव्य कार्यक्रम गरिने मन्त्री नेपालले बताउनुभयो ।

प्रदेश सरकारले पर्यटन वर्ष २०२० को पहिलो दिन पुस १६ गते चितवनको सौराहा, चितवन विमानस्थल, मकवानपुरको इन्द्रसरोवर, रसुवागढी नाका र तातोपानी नाकामा गरी ८ वटा कार्यक्रम तय गरेको छ ।

पहिलो फ्लाइटमा चितवन जानेलाई निःशुल्क बसोबास

नेपाल भ्रमण वर्ष २०२० को अवसरमा प्रदेश ३ सरकारले पहिलो फ्लाइटबाट भरतपुर आउने २० पर्यटकलाई सौराहामा निःशुल्क बसोबास गराउने घोषणा गरेको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले काठमाण्डौबाट पहिलो हवाई यात्रामा चितवन आउने पर्यटकका लागि एक रात सौराहामा खान बस्न, जंगल तथा हात्ती सफारीको निःशुल्क व्यवस्था गरेको मन्त्री अरुण नेपालले बताउनुभयो ।

संघीय सरकारको निर्णयलाई सघाउँदै प्रदेश सरकार

भ्रमण वर्षमा २० लाख विदेशी पर्यटक भित्र्याउने संघीय सरकारको अभियानलाई सघाउन प्रदेश ३ सरकारले १० वटा स्थानमा हिल स्टेशन सञ्चालन गर्दैछ । मुढे, जिरी, सोम्दाङ, रुबीभ्याली, दामन–चित्लाङ–कुलेखानी कम्प्लेक्स, हेलम्बु–पाँचपोखरी, ललितपुरको कालेश्वर, रामेछापको शिवालय, सिन्धुलीगढी–खुर्कोट, चिम्टेश्वर र ककनी गरी १० स्थानलाई हिल स्टेशन घोषणा गरी ती क्षेत्रमा भौतिक पूर्वाधार निर्माण गर्ने गरी कार्यक्रम अगाडि बढाइएको छ । १८ वटा नया“ भ्यूटावर निर्माण गरिन तयारी गरिएको छ ।

प्रदेश ३ मा रहेका पदमार्गको विकास, पर्यटकीय क्षेत्रको पहिचान र प्रवर्द्धन गर्ने सरकारले योजना बनाएको छ । पर्यटकीय क्षेत्र मात्रै होइन, पूर्वाधार विकासमा पनि प्रदेश सरकारले ध्यान दिएको मन्त्री नेपालले बताउनुभयो । उहाँका अनुसार चितवन, मकवानपुर, धादिङ, काभ्रे, रामेछाप र ललितपुर जिल्लामा अधिकतम पर्यटकलाई पुग्नेगरी होटलहरुको स्तरोन्नती  गर्ने प्रदेश सरकारको योजना रहेको छ ।

महत्वपूर्ण हिमालले पर्यटक लोभ्याउँदै

गौरीशंकर हिमाली पदयात्रा, गणेश हिमाल, जुगल, शैलुङ विकास कार्यक्रम, गोञ्जला पासलाई खुला गरी लाङ्टाङ–गोसाइकुण्ड तथा तातोपानी र गौरीशंकर–रोल्वालिङसँग लिंक गरी पर्यटकीय पदमार्गको विकास गरिने प्रदेश सरकारको तयारी छ । हिमालले धेरै पर्यटक भित्र्याउन सहयोग पुग्ने मन्त्री नेपालले बताउनुभयो ।

चितवन राष्ट्रिय निकुञ्जमा सफारीमार्ग, ५ वटा पुल, मचान निर्माण गरिनुका साथै शिवपुरी राष्ट्रिय निकुञ्जमा मचान, होमस्टे तथा पदमार्ग विकासका कार्यहरुको थालनी गरिएको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले पर्यटकीय क्षेत्रको प्रचार प्रसारसँगै चालु आर्थिक वर्ष तीनवटा हिल स्टेशन निर्माण गरिने र अन्य ४ हिल स्टेशन निर्माण गर्ने तयारी रहेको जानकारी गराइएको छ ।

नेपाल भ्रमण वर्ष २०२० को लागि प्रदेश ३ सरकारले भ्रमण वर्ष २०२० को जनवरीको पहिलो दिन पुस १६ गते चितवनको सौराहा, चितवन विमानस्थल, मकवानपुरको इन्द्रसरोवर, रसुवागढी नाका र तातोपानी नाकामा गरी ८ वटा कार्यक्रम भएको छ । आज डिसेम्बर ३१ मा भने काठमाडौंको ठमेलमा सहभागि भएका विदेशी तथा स्वदेशी पर्यटकलाई कल्चरल डान्स तथा साँस्कृतिक कार्यक्रम गरि मनाउने तयारी रहेको छ ।

पहिलो दिन रसुवा र तातोपानी नाकाबाट विदेशी पाहुनाको स्वागत गर्दै मायाको चिनो र साँस्कृतिक झाँकीसहित खानाको व्यवस्था गर्ने प्रदेश सरकारको कार्यक्रम रहेको छ ।

त्यस्तै पर्यटकको गन्तव्यको रुपमा रहेको चितवन राष्ट्रिय निकुञ्जमा पर्ने सौराहामा विभिन्न जातीय पहिचान झल्कने साँस्कृतिक कार्यक्रम रहेको पर्यटन मन्त्री अरुण कुमार नेपालले बताए । मन्त्री नेपालका अनुसार १६ गतेबाट ४ दिन सौराहा हात्ती वाक र हात्ती सुन्दरी प्रतियोगिता समेत बताएका छन्, । चितवन विमान स्थलमा आउने पहिलो विदेशी पर्यटकलाई मायाको चिनो तथा स्वागत गर्ने कार्यक्रम समेत रहेको छ ।

त्यस्तै, प्रदेश ३ को राजधानी रहेको मकवानपुर जिल्लामा भने इन्द्रसरोवर गाउँपालिकामा पर्यटन स्तम्भ निर्माण, ईन्द्रसरोवर गाउँपालिकाको सहकार्यमा मन्त्रालयले मार्खुमा साँस्कृतिक कार्यक्रम, पाराग्लाडिङ, पहिलो पर्यटक ३ जनालाई कुलेखानीमा निशुल्क बस्ने व्यवस्था समेत गरेको छ । जनवरी फस्टमानै काभ्रेमा स्तम्भ निर्माणको शिलान्यास सहित विभिन्न कार्यक्रमहरु रहेका छन्, ।

मन्त्रालयले चितवनमा फस्ट फ्लाइट २० जनालाई निशुल्क जंगल सफारी तथा हात्ती सफारी गराउनुका साथै एक रात बस्ने व्यवस्था समेत गरको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*