मकवानपुरको इन्द्रसरोबरमा प्याराग्लाइडिङको परीक्षण गर्दै पर्यटन वर्षको स्वागत

जनपत्र
१५ पुष २०७६, मंगलवार २१:०२

हेटौंडा । प्रदेश ३ सरकारले मकवानपुरको पर्यटकीय गन्तव्य इन्द्रसरोबरमा प्याराग्लाइडिङको परीक्षण गर्दै अंग्रेजी नयाँ वर्षसँगै पर्यटन वर्ष २०२० को स्वागत गरेको छ ।

मानवनिर्मित इन्द्रसरोबर जलाशय किनारमा पर्यटन वर्षमा ब्यवसायीक उडान गर्नेगरी मंगलबार प्याराग्लाइडिङको परीक्षण गरिएको हो । प्याराग्लाइडिङ उडाउने विशाल लामा र पोखराका पवन शर्मा, नारायणप्रसाद तिवारी र दावा शेर्पालाई प्रदेश ३ का उद्योग, पर्यटन,वन तथा वातावरण मन्त्री अरुण नेपालले माला लगाएर स्वागत गरेका थिए ।

प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले प्रदेश ३ को महत्वपूर्ण पर्यटकिय क्षेत्र मध्य इन्द्रसरोवर रहेको वताउनुभयो । यस क्षेत्रलाई प्रदेश सरकारले विकास गर्दै लैजाने समेत वताउनुभयो ।

इन्द्रसरोबर किनारबाट करिब पाँचसय मिटर उचाइमा रहेको गुम्बा डाँडाबाट प्याराग्लाइडिङ उडान उपयुक्त रहेको प्याराग्लाइडर विशाल लामाले बताए । ‘उपयुक्त ठाउँ छ, करिब आधा घण्टा आकाशमा उडेर यस क्षेत्रका मनोरम दृष्यावलोकन गर्न सकिन्छ’, उनले भने ।

पर्यटन वर्ष लक्षित गरी आवश्यक प्रक्रिया पुरा गरेर प्याराग्लाइडिङको ब्यवसायीक उडान गर्ने गाउँपालिका अध्यक्ष जीवन लामाले बताए । ‘हामीले पर्यटन पर्वको मुख्य आकर्षणको रुपमा इन्द्रसरोबर जलाशयमा मोटरबोटसँगै प्याराग्लाइडिङ थप गर्छौंं’, उनले भने, ‘राजधानीबाट नजिक रहेको यस ठाउँमा कम्तिमा २ दिन घुम्न र रामाइलो गर्न सक्ने पूर्वाधार विकास गर्दैछौं ।’

इन्द्रसरोबर प्रदेश ३ सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० को उत्कृष्ट पर्यटकीय गन्तब्य हो । इन्द्रसरोबर बीच तालमा रहेको टापुमा हिन्दु र बौद्ध धर्मावलम्बीहरुको धार्मिक गन्तब्य निर्माण गर्न प्रदेश सरकारले डीपीआर तयार गरिरहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले बताए । ‘पोखरापछिको उत्कृष्ट गन्तब्य इन्द्रसरोबर बन्नसक्छ’, उनले भने, ‘त्यसको लागि बृहत्त योजना सहित पूर्वाधार विकासमा प्रदेश सरकारले काम गरिरहेको छ ।’

प्रदेश तीनका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले समृद्ध नेपाल निर्माणको महत्वपूर्ण आधार पर्यटन रहेको बताउनु भएको छ ।

आज इन्द्रसरोवर गाउँपालिकाको जलाशय स्थलमा आयोजित पर्यटन वर्ष स्वागत कार्यक्रममा उहाँले पर्याप्तताको एउटा बिन्दुमा पुगेपछि अन्य विकासका योजनाहरु रोकिन सक्ने भन्दै उहाँले पर्यटन कहिलै पनि नरोकिने बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘नेपाललाई चिनाउने गतिविधि झनै बढ्दै जान्छ, पर्यटनबाटै व्यक्ति र देशको दिगो आर्थिक विकासमा हुनेछ ।’पर्यटन क्षेत्रको विकासका निम्ती आफ्नो स्थानबाट के गर्न सकिन्छ भन्नेमा जनता स्वयमले पनि ध्यान जानु पर्ने उहाँको भनाई छ । मन्त्री नेपालले मकवानपुरको इन्द्रसरोवर प्रदेश सरकारले घोषणा गरेको भ्रमण वर्ष सन् २०२० को उत्कृष्ट पर्यटकीय गन्तव्य रहेको बताउनुभयो ।

पोखरा पछिको उत्कृष्ट गन्तव्य इन्द्रसरोवर बन्नसक्ने भन्दै उहाँले त्यसको लागि  प्रदेश सरकारले बृहत्त योजना सहित पूर्वाधार विकासको काम गरिरहेको बताउनुभयो ।

डुङ्गा ब्यवसायी संघ इन्द्रसरोरको तथ्याङ्क अनुसार एक सातामा करिब २ हजार आन्तरिक र बाह्य पर्यटकले इन्द्रसरोबर तालमा डुङ्गा चढेर रमाउने गरेका छन् । पर्यटन वर्षलाई लक्षित गरी यस क्षेत्रमा एक दर्जन नयाँ होटल पनि थपिएको र केही बन्ने क्रममा रहेको इन्द्रसरोबर गाउँपालिकाकी उपाध्यक्ष उमा लामाले बताइन् ।

मानवनिर्मित इन्द्रसरोवरबाट पर्यटन वर्षमा व्यवसायीक उडान गर्ने गरी आज प्याराग्लाइडिङको परीक्षण गरिएको हो ।

इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामाले अहिले प्याराग्लाइडिङको परीक्षण उडान मात्र गरिएको भएपनि पर्यटन वर्षलाई लक्षित गरी आवश्यक प्रक्रिया पुरा गरेर व्यवसायीक उडान सुरु गर्ने बताउनु भएको छ ।

उहाँले भन्नुभयो– ‘संघिय राजधानीबाट समेत नजिक रहेको यस ठाउँमा कम्तिमा २ दिन घुम्न र रामाइलो गर्न सक्ने पूर्वाधार विकास गर्दैछौं । त्यसैले इन्द्रसरोवर जलाशयमा मोटरबोटसँगै प्याराग्लाइडिङ थप गर्ने योजना छ ।’

यसैबीच प्याराग्लाइडर विशाल लामाले प्याराग्लाइडिङले पर्यटक तान्ने प्रचुर संभावना रहेको भन्दै इन्द्रसरोवरको करिब पाँचसय मिटर उचाइमा रहेको गुम्बा डाँडाबाट प्याराग्लाइडिङ उडान उपयुक्त रहेको बताउनु भयो ।

प्याराग्लाइडर विशाल लामा, पवन शर्मा, नारायणप्रसाद तिवारी र दावा शेर्पालाई प्रदेश तीनका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले आज माला लगाएर स्वागत गर्नु भएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, इन्द्रसरोवर गाउँपालिका उपाध्यक्ष उमा लामा लगायतको आतिथ्यता रहेको थियो ।

पर्यटन मन्त्रालयले गर्ने यस्ता छन्, कार्यक्रमहरु

नेपाल भ्रमण वर्ष २०२० को लागि प्रदेश ३ सरकारले भ्रमण वर्ष २०२० को जनवरीको पहिलो दिन पुस १६ गते चितवनको सौराहा, चितवन विमानस्थल, मकवानपुरको इन्द्रसरोवर, रसुवागढी नाका र तातोपानी नाकामा गरी ८ वटा कार्यक्रम भएको छ । आज डिसेम्बर ३१ मा भने काठमाडौंको ठमेलमा सहभागि भएका विदेशी तथा स्वदेशी पर्यटकलाई कल्चरल डान्स तथा साँस्कृतिक कार्यक्रम गरि मनाउने तयारी रहेको छ ।

पहिलो दिन रसुवा र तातोपानी नाकाबाट विदेशी पाहुनाको स्वागत गर्दै मायाको चिनो र साँस्कृतिक झाँकीसहित खानाको व्यवस्था गर्ने प्रदेश सरकारको कार्यक्रम रहेको छ ।

त्यस्तै पर्यटकको गन्तव्यको रुपमा रहेको चितवन राष्ट्रिय निकुञ्जमा पर्ने सौराहामा विभिन्न जातीय पहिचान झल्कने साँस्कृतिक कार्यक्रम रहेको पर्यटन मन्त्री अरुण कुमार नेपालले बताए । मन्त्री नेपालका अनुसार १६ गतेबाट ४ दिन सौराहा हात्ती वाक र हात्ती सुन्दरी प्रतियोगिता समेत बताएका छन्, । चितवन विमान स्थलमा आउने पहिलो विदेशी पर्यटकलाई मायाको चिनो तथा स्वागत गर्ने कार्यक्रम समेत रहेको छ ।

त्यस्तै, प्रदेश ३ को राजधानी रहेको मकवानपुर जिल्लामा भने इन्द्रसरोवर गाउँपालिकामा पर्यटन स्तम्भ निर्माण, ईन्द्रसरोवर गाउँपालिकाको सहकार्यमा मन्त्रालयले मार्खुमा साँस्कृतिक कार्यक्रम, पाराग्लाडिङ, पहिलो पर्यटक ३ जनालाई कुलेखानीमा निशुल्क बस्ने व्यवस्था समेत गरेको छ । जनवरी फस्टमानै काभ्रेमा स्तम्भ निर्माणको शिलान्यास सहित विभिन्न कार्यक्रमहरु रहेका छन्, ।

मन्त्रालयले चितवनमा फस्ट फ्लाइट २० जनालाई निशुल्क जंगल सफारी तथा हात्ती सफारी गराउनुका साथै एक रात बस्ने व्यवस्था समेत गरको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित जिल्लाका माननिय, जिसस प्रमुख, प्रजिअ, स्थानिय तह प्रमुख, राजनितिक दलका प्रमुख, होटल एशोसियसन, पत्रकार, उद्योगी, पर्यटन संग सम्बन्धित संघसंस्थाहरुको सहकार्यमा सफलताका साथ भ्रमण वर्ष मनाउने मन्त्रालय स्रोतले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*